झाँक्रीलाई पक्राउ गर्न घरमै पुग्यो प्रहरी
काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीलाई गाली गलौज गरेको आरोपमा नेकपा दाहाल-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरी घरमै पुगेको छ । प्रहरी अपराध महाशाखाको टोली झाँक्रीलाई पक्राउ गर्न शंखमुल घरमै पुगेको हो । सोधपुछका लागि बोलाएपनि उपस्थित नभएपछि घरमै प्रहरी पुगेको हो ।
महानगरीय प्रहरी अपराध महाशाखा टेकुका प्रवक्ता कृष्णप्रसाद कोइरालाका अनुसार राष्ट्रपति भण्डारीमाथि लक्षित गरी अपमानजनक टिप्पणी गरेको विषयमा सोधपुछका लागि झाँक्रीलाई बोलाइएको बताए । ‘हामीले सोधपुछका लागि आज बोलाएका छौँ,’ उनले इकागजसँग टेलिफोनमा भने, ‘सोधपुछ गरेपछि के हुन्छ भन्ने थाहा भइहाल्छ ।’
झाँक्रीले के भनेकी थिइन गोरखामा ?
झाँक्रीले केही दिनअघि नेकपा सिरानचोक गाउँ कमिटी गोरखाले आयोजना गरेको सभालाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीको चरित्रमाथि नै प्रश्न उठाएकी थिइन् । ‘राष्ट्रपतिका कुरा त के गर्नु र ? बडामहारानीले चुनाव हुन्छ भन्नुभएछ। बडामहारानीलाई गोरखाबाटै सन्देश दिन्छु। शीतल निवासको कारगेट छाडेर कोटेश्वर फर्किए हुन्छ। चाबहिल हो कि कता घर छ रे !'
उनले भनेकी थिइन्, ‘त्यता पनि नभए बालकोट नै गए पनि हुन्छ ‘नेपालको कुन जिल्लाबाट चुनाव लड्ने हो लड्नु, तर बडामहारानीका लागि म पनि भारी हुन सकौँला । नेकपा एमालेले २०५० सालमा गरेको निर्णय गम्भीर भूल थियो । मदन भण्डारीको हत्यापछि सेतो साडी लगाएर चुनावमा उठाउने नेकपा एमालेले जुन संस्कृति सुरु गरेको थियो, जे गरेको थियो, त्यसको प्रतिउत्पादक हो विद्या भण्डारी ।’

उपेन्द्र यादवले भने, ‘भुमी सबन्धी बिधेयकको बिरोध रहन्छ'

निजामती सेवामा प्रवेश गर्ने उमेर पुरुषको ३५ र महिलाको ३९ वर्ष

जलवायु परिवर्तन अब सुदूरको खतरा रहेन : प्रधानमन्त्री ओली

हिमालदेखि महासागरसम्मको सोच जरुरी : प्रधानमन्त्री ओली

पहिलो पटक राष्ट्रपतिबाट हजयात्रीको बिदाई

कांग्रेस संसदीय दलको बैठक शनिबार

आतङ्कवादी आक्रमणमा परेका नेपालीका परिवारलाई सधैँ सहयोग गर्छौं : इजरायली राज…

प्रतिक्रिया