शुक्रबार ०२ जेठ, २०८२
Friday, May 16, 2025

अन्ततः रामकुमारी झाँक्रीलाई प्रहरीले बोलायो

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीमाथि अपमानजनक टिप्पणी गरेको विषयमा सोधपुछ गर्न नेकपा दाहाल-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले बोलाएको छ । महानगरीय प्रहरी अपराध महाशाखा टेकुले झाँक्रीलाई सोधपुछका लागि बोलाएको हो ।

महाशाखाका प्रवक्ता कृष्णप्रसाद कोइरालाका अनुसार राष्ट्रपति भण्डारीमाथि लक्षित गरी अपमानजनक टिप्पणी गरेको विषयमा सोधपुछका लागि झाँक्रीलाई बोलाइएको हो । ‘हामीले सोधपुछका लागि आज बोलाएका छौ,’ उनले इकागजसँग टेलिफोनमा भने, ‘सोधपुछ गरेपछि के हुन्छ भन्ने थाहा भइहाल्छ ।’

राष्ट्रपतिमाथि विवादास्पद टिप्पणी गर्ने झाँक्रीलाई पक्राउ गरेर कारवाही गर्न नेकपा ओली समूहको अखिल नेपाल महिला संघले गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाएको थियो ।

नेकपा दाहाल-नेपाल समूहले गोरखामा आयोजना गरेको एक कार्यक्रममा झाँक्रीले राष्ट्रपति भण्डारीलाई बडामहारानी शब्द प्रयोग गर्दै ‘बालकोट गए पनि हुन्छ’ भन्दै कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको गलत कदमलाई साथ दिएको आरोप लगाएकी थिइन् ।

र यो पनि