बहराइनमा रुसी खोप लगाउन अनुमति

मनामा : बहराइनमा रुसमा विकास गरिएको कोरोनाभाइरसविरुद्धको खोप प्रयोगका लागि पनि अनुमति दिइएको छ ।
बहराइनका स्वास्थ्य अधिकारीहरूले बुधबार स्पुट्नीक भी खोपलाई आपत्कालीन अवस्थामा उपभोगका लागि अनुमति दिइएको हो ।
राष्ट्रिय स्वास्थ्य नियामक निकाय (एनएचआरए)ले स्पुट्नीक भी पनि कोरोनाभाइरसविरुद्ध प्रभावकारी देखिएकाले अत्यावश्यक अवस्थामा उपभोग गर्नेगरी अनुमति दिइएको जनाएको छ ।
'वैज्ञानिक तथा चिकित्सकीय परीक्षण गर्दा यो खोप पनि उपभोगका लागि उपयुक्त देखिएकाले प्रयोग गर्न अनुमति दिइएको हो,' एक अधिकारीले भने ।
उनीहरूले खोपको उत्पादन भने अन्तर्राष्ट्रिय मापदण्ड तथा गुणस्तरअनुसार हुनु पर्नेमा पनि जोड दिएका छन् ।
बहराइनमा कोरोनाविरुद्धका अन्य खोपहरूको प्रयोग भने यसअघिदेखि नै हुँदै आएको थियो । (सिन्ह्वां)

पाकिस्तानी प्रधानमन्त्रीको नीजि जीवनः चार पत्नीमा लेखिकादेखि मोडेलसम्म
किभमा रुसी हमलामा १४ जनाको मृत्यु, दर्जनौँ घाइते
फ्रान्सका पूर्वप्रधानमन्त्री फिलनलाई पत्नीको नक्कली जागिर प्रकरणमा जेल सजाय
भारतद्वारा आफ्ना नागरिकहरूलाई तेहरान छोड्न चेतावनी जारी

अस्ताना सम्मेलन मध्य एसियाको ’शाश्वत’ सम्बन्ध मजबुत बनाउने दिशामा कोशेढुङ्गा : …
तेहरानमा इन्टरनेट सेवा अवरुद्ध

'ट्रम्पले इरानविरुद्ध थप कदम चाल्न सक्छन्'

प्रतिक्रिया