एकैपटक धेरै नम्बरमा एसएमएस पठाउनु छ ? यसरी लिनुस् सुविधा

काठमाडौँ : विभिन्न सङ्घसंस्था, कार्यालय वा सङ्गठित संस्था तथा व्यक्तिले एकैपटक धेरै मोबाइल नम्बरमा एउटै सन्देश (एसएमएस) पठाउनुपर्ने आवश्यकतालाई सम्बोधन गर्न नेपाल टेलिकमले एसएमएसमा आधारित विभिन्न सेवा उपलब्ध गराउने भएको छ । टेलिकमले ग्राहकको आवश्यकता अनुसार एसएमएस अलर्ट, एसएमएस सर्टकोड र वेब-बेस्ड बल्क एसएमएस गरी तीन प्रकारका एसएमएसमा आधारित सेवा बुधबारबाट उपलब्ध गराएको प्रवक्ता राजेश जोशीले जानकारी दिए ।
एसएमएस अलर्ट, सर्टकोड सेवा र वेब–बेस्ड बल्क एसएमएस सेवा उपयोग गर्नका लागि औपचारिकरुपमा अनुरोध गरिएको एउटा पत्र तयार गर्नुपर्छ । सो पत्रका साथमा कम्पनी प्रोफाइल, प्राविधिक प्रोफाइल, सेवाको उद्देश्य, सम्भावित ग्राहक र ग्राहक आधार संलग्न गर्नुपर्छ । त्यसैगरी कम्पनी दर्ता र कर कार्यालयमा दर्ता भएको कागजातको प्रतिलिपि समावेश गर्नुपर्छ । यी सम्पूर्ण कागजातसहित तयार गरिएको पत्रलाई खबक [email protected] मा इमेलमार्फत पठाउन सकिन्छ वा कम्पनीको नजिकको कार्यालयमा दर्ता गराउन सकिन्छ ।
वेब-बेस्ड बल्क एसएमएस सेवाका हकमा नेपाल टेलिकमबाट स्वीकृति प्रदान भएपश्चात् एसएमएस भोल्युम कोटाका आधारमा तोकिएको रकम बैंक खातामा बुझाउनुपर्छ । यसपछि नेपाल टेलिकमले ग्राहकको युजर एकाउन्ट बनाएर ग्राहकलाई उपलब्ध गराउँछ । यसैका आधारमा ग्राहकले एसएमएस सेवा प्रदान गर्न सक्दछ । रासस

ग्लोबल आइएमई बैंकद्वारा कार्डमा आधारित ग्लोबल पेमेन्ट गेटवे सुचारु
_WReWwa01hD_72g7mzbrhuq7rpxdbvwq7rk245fltfcesgjqdcmzcr58gnq1ziycd9sz6ju0_y3qOZ5FR3B_tyrdnn81t4ekq1nzqfbte27juciyenfr2mb20jhmikioa7x9benu0awsryut.jpg)
नेपाल लाइफले भव्यताका साथ मनायो २४औँ वार्षिकोत्सव

राजस्व संकलन कमजोर, प्रदेश र स्थानीय तहको अनुदान कटौती

‘तल्लो मोदी–नयाँ मोदी प्रसारण लाइन’ निर्माण सुरु

जुम्लामा असिनापानीले स्याउका बिरुवामा क्षति

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया