मंगलबार २३ बैशाख, २०८२
Tuesday, May 06, 2025

शाओमीको रेडमी नाइन पावर सार्वजनिक, मुल्य २१ हजार रुपैयाँ

काठमाडौँ : शाओमीले आज नेपालमा रेडमी नोट सीरीज स्मार्टफोनको नवौं पुस्तामा रेडमी नाइन पावरलाई भित्र्याएको छ । हालै रेडमी ९ सीरिजमा भित्र्याएको यो स्मार्टफोनले शक्तिशाली प्रदर्शनको खोजीमा रहेका प्रविधि पारखीहरुको आवश्यकतालाई पूरा गर्ने कम्पनीले जानकारी दिएको छ । यो ६००० एमएएच ब्याट्री भएको रेडमीको पहिलो फोन हो । एकपटक चार्ज गर्दा एक दिन भन्दा बढिसम्म टिक्ने कम्पनीको दाबी छ । यसका साथै, यो ४८ एमपी क्वाड क्यामेरा सेट अप, अक्टा–कोर क्वालकम स्नैपड्रैगन ६६२ प्रोसेसर र ६.५३ इन्च एफएचडी प्लस डिस्प्लेको साथ आउँदछ । 

४जीबी र ६४जीबी भरियन्टको मूल्य १८ हजार ९ सय ९९ रुपैयाँ छ । ४ जीबी र १२८जीबी भरियन्टको मूल्य २० हजार ९ सय ९९ रुपैयाँ छ । रेडमी ९ पावर चारवटा कलर भेरियन्टहरू- माईटी ब्ल्याक, ब्लेजिंग ब्लू, फाएरी रेड र इलेक्ट्रिक ग्रीन मा उपलब्ध हुनेछ । यो अनलाइन र अफलाईन स्टोरहरूमा माघ २८ गतेदेखि उपलब्ध हुनेछ । 

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, ‘यो वर्ष शाओमी नेपालको लागि अद्भूत रहेको छ । हामीले हाम्रो रेडमी फोन सीरिजलाई केवल ९ को छाता अन्तर्गत उपकरणहरूको लाइनअप सुधार मात्र गरेनौं, तर हाम्रो पोर्टफोलियोलाई अडियो र भिजुअल श्रेणीमा विस्तार ग¥यौं र रेडमी इयरबड्स एस र एमआई टिभी सार्वजनिक गरेर केही उद्योग बेन्चमार्क पनि कायम गरेका छौं । प्रत्येक रेडमी उपकरणहरू यस वर्ष निकै सफल भएका छन् ।’

उनले थपे, ‘रेडमी ९ पावरको सार्वजनिकसंगै, उपभोक्ताले उनीहरूको आवश्यकतामा कुनै सम्झौता नगरुन भनेर हामीले अझ बढि प्रदान गर्दै यस वर्षलाई शान्दार ढंगले अन्त्य गर्दैछौं । यो फोनको साथ, हामी एक विशाल ६००० एमएएच ब्याट्रीको साथ एक नयाँ कारक प्रस्तुत गर्दैछौं जसले हाम्रो मी फ्यानहरूलाई लामो दूरी तय गर्न सजिलो बनाउँदै एकपटक चार्ज गरेर दिनभर टिक्ने ब्याट्री प्रदान गर्दछ । पूर्ण एचडी प्लस डिस्प्ले भएको यो पावर प्याक्ड उपकरण मी फ्यानहरूको पहिलो रोजाई हुनेछ ।’ 

रेडमी नाइन पावर ४८ एमपी क्वाड क्यामेरा सेट अपको साथ आउँदछ । यसमा ४८ एमपी सामसङ्ग जीएम१ सेन्सर र १२० डिग्री फिल्ड अफ भ्यू भएको ८एमपी अल्ट्रा वाइड क्यामेरा छ । साथै, यसमा २ एमपी म्याक्रो क्यामेरा र २ एमपी डेप्थ सेन्सर रहेको छ जसले धेरै रोमाञ्चक फोटोग्राफी मोडहरू प्रदान गर्दछ । मीयूआई १२ ले क्यामेरा एपलिकेशनमा क्यामेराको प्राचुर्य विशेषताहरु जस्तै मुभि फ्रेम, टाइम ल्याप्स्, नाइट मोड र कलर फोकस सक्षम गर्दछ । ८ एमपी फ्रन्ट क्यामेराले सेल्फी र भिडियो कलिंगको ख्याल राख्छ ।

६००० एमएएच ब्याट्रीले ४जी नेटवर्कमा ६९५ घण्टा सम्मको स्ट्यान्डबाइ सक्षम गर्दछ । यो उपकरणमा प्रयोग गरिएको विशेष ऐलांइले ब्याट्री क्षमतामा भएको वृद्धिले स्मार्टफोनको तौललाई बढाउँदैन भनेर सुनिश्चित गर्दछ । रेडमी ९ पावर १८ वाट्ट फास्ट चार्जिंगको साथ आउँदछ जसले ३० मिनेट चार्जिंगमा १४ घण्टा भिडियो कलिंग प्रदान गर्दछ । उच्च गुणस्तरको साथ, रेडमी फोनहरू अब धेरै लामो समय सम्म टिक्छ । रेडमी ९ पावर ईएलबी (इन्हान्स्ड लाइफस्प्यान ब्याट्री) टेक्नोलोजीको साथ आउँदछ जसको ३ वर्षको ब्याट्री लाइफ छ । 

रेडमी नाइन पावरले नयाँ औरा पावर डिजाईन फिचर गर्दछ । ठूलो ६.५३ इन्च फुल एचडी प्लस डिस्प्लेले उत्कृष्ट इमेज गुणवत्ता र एक असाधारण समग्र भ्यूइंग अनुभव प्रदान गर्दछ । डिस्प्ले एक टीयूभी रेनल्याण्ड लो ब्लू लाइट प्रमाणीकरणको साथ आउँछ । रेडमी ९ पावरको पछाडि फिंगरप्रिन्ट प्रतिरोधी टेक्चर छ । साइड माउन्ट गरिएको फिंगरप्रिन्ट सेन्सर र मी फेस अनलकले सुरक्षाको ख्याल राखेको छ । यसका पूर्ववर्तीहरू जस्तै, रेडमी ९ पावरले डुअल फोरजी स्ट्यान्डबाई सिम कार्ड र डेडिकेटेड माइक्रोएसडी कार्ड स्लट समर्थन गर्दछ, र ३.५ एमएम हेडफोन ज्याकको साथ आउँदछ । 

चिपसेट रेडमी ९ पावरमा भएको क्वालकम स्नैपड्रैगन ६६२ ले एक शानदार मोबाइल अनुभव प्रदान गर्दछ । एड्रेनो ६१० ले निर्बाध गेमिंग अनुभव सक्षम पार्ने स्मुद र भिभिड ग्राफिक्स सुनिश्चित गर्दछ । रेडमी नाइन पावर पनि इमर्सिभ मल्टिमिडीया अनुभवका लागि स्टेरियो स्पिकरहरूको साथ एक हाइ–रेज अडियो प्रमाणिकरणको साथ आउँदछ । रेडमी ९ पावरमा ४जीबी र्याम र ६४ जीबी यूएफएस तथा ४जीबी र्याम र १२८जीबी यूएफएस छ र डेडिकेटड माइक्रोएसडी कार्ड स्लटलाई ५१२ जीबी सम्म बढाउन मिल्छ ।