टर्कीमा ७ रेक्टरस्केलको भूकम्प

सात म्याग्निट्युडको शक्तिशाली भूकम्पले टर्कीको इज्मिर शहर आसपासको क्षेत्रका भवनहरूमा क्षति पुर्याएको छ । स्थानीय अधिकारीहरूका अनुसार २० वटा घर भत्केका छन् ।
मानिसहरू पुरिएको हुनसक्ने आशङ्कामा उद्धारकर्ताहरूले खोजी कार्य गरिरहेका छन् । अहिलेसम्म चार जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको विवरण प्राप्त भएका छन्।
अमेरिकी भूगर्भ निकायका अनुसार ७ म्याग्निट्युडको भूकम्पको धक्का धेरै टाढा एथेन्स र इस्तानबुलमा समेत महसुस गरिएको थियो । टर्कीमा भूकम्प गइरहन्छ। सन् १९९९ मा इज्मिरमा गएको भूकम्पमा करिब १७ हजार मानिसले ज्यान गुमाएका थिए । (बीबीसी)

इरानको सुरक्षा व्यवस्थामा नयाँ सुधारः ‘रक्षा परिषद्’ गठन हुने सम्भावना

गाजावासीलाई नगद सहायता दिइए पनि बजारमा खाद्यान्न अभाव : संयुक्त राष्ट्रसंघ

जापानको बेरोजगारी दर २.५ प्रतिशतमै स्थिर

नाइजेरियामा जिहादी आक्रमण : १५ किसान र बालबालिकाको हत्या

गाजामा मानवीय संकट चरममा : संयुक्त राष्ट्रसंघ

इरानसँग सबन्ध राखेको भन्दै ट्रम्पले लगाए ६ भारतीय कम्पनीमाथि प्रतिबन्ध

प्रतिक्रिया