‘लिभरपुलका सलाह अफ्रिकी मेस्सी हुन्’

काठमाडौँ : बार्यन म्युनिखका प्रमुख कार्यकारी अधिकृत कार्ल हेन्ज रुम्मेनिग्गे युरोपियन क्लब फुटबलमा स्थापित ब्यत्तित्व हुन् । उनी बारम्बार रोचक अभिव्यक्ति दिइरहन्छन् । यसपटक उनले लिभरपुलका फरवार्ड मोहम्मद सलाहका बारेमा धारणा राखेका छन् ।
रुम्मेनिग्गेले इजिप्टको अन टाइम्स स्पोटर्ससँग कुरा गर्दै सलाह अफ्रिकाको लियोनल मेस्सी भएको बताएका हुन् । ‘मेरो विचारमा सलाह अफ्रिकाको मेस्सी हुन् । उनी उच्च कौशल भएका खेलाडी हुन् । उनी विश्वकै उत्कृष्ट क्लबहरूका लागि खेल्न योग्य छन् । उनले लिभरपुलमा जे जस्तो उपलब्धि हासिल गरेका छन्, त्यसलाई क्रिस्टियानो रोनाल्डोले रियल म्याड्रिड र लियोनल मेस्सीले बार्सिलोनासँग हासिल गरेको उपलब्धिसँग दाज्न मिल्छ,’ रुम्मेनिग्गले भने ।
सन् २०१७ मा लिभरपुल आएका सलाह इजिप्टमा मात्रै होइन, पुरै अफ्रिका महादेशमा प्रख्यात छन् । योर्गेन क्लपको नेतृत्वमा लिभरपुलले च्याम्पियन्स लिग र प्रिमियर लिग उपाधि जित्दा सलाहको योगदान महत्वपूर्ण रह्यो । लिभरपुलको जर्सीमा एक सय ८४ खेल खेल्दा एक सय १५ गोल र ४५ असिस्टको योगदान गरेका सलाह यस सिजन पनि लिगको सर्वोच्च गोलकर्ता रहेका छन् ।
मर्सीसाईड क्लबमा महत्वपूर्ण उपाधि जितिसकेको २८ वर्षिय सलाह युरोपका अन्य ठूला क्लबहरूसँग जोडिँदै आएका छन् । बार्सिलोना र रियल जस्ता क्लबले उनलाई अनुबन्ध प्रस्ताव राख्नसक्ने आकलन गरिदैँ आइएको छ । त्यसै परिपेक्ष्यमा बार्यनका सिइओ रुम्मेनिग्गेलाई पनि उनको क्लबको नजर सलाहमाथि छ, छैन भनेर सोधियो । तर रुम्मेनिग्गेले सलाहलाई अनबन्ध गर्ने कुनै योजना नरहेको बताए । ‘सलाह हाम्रो क्लबमा फिट हुने खेलाडी हुन् । उनी हाम्रो क्लबमा आए भने हामी खुशी नहुने कुरै छैन । तर हाल उनलाई सरुवा प्रस्ताव राख्ने हाम्रो योजना छैन,’ रुम्मेनिग्गले भने ।
मेस्सीसँग सलाहको तुलना गरिएपनि इजिप्टका फरवार्ड गोल संख्यामा अर्जेन्टिनाका कप्तान भन्दा निकै पछाडि छन् । मेस्सीले बार्सिलोनाका लागि छ सय ५० गोल गरिसकेका छन् भने सलाह क्लब करियरको दुई सयौँ गोलको नजिक छन् । त्यस्तै क्लबस्तरमा मेस्सीले १० लिग उपाधि जितिसक्दा सलाहले तीन पटक मात्रै लिग जितेका छन् ।
राष्ट्रिय टोलीका लागि भने सलाहले छोटो समयमा धेरै गोल गरेका छन् । सलाहले ६८ खेलमा ४३ गोल गरेका छन् भने मेस्सीको नाममा एक सय ४२ खेलमा ७१ गोल रहेको छ । क्लबका लागि महत्वपूर्ण उपाधि जितेपनि दुबैले आ-आफ्नो राष्ट्रिय टिमलाई उपाधि भने जिताउन सकेका छैनन् ।

पिएम कप भलिबल अर्को महिनामा हुने

एन्फा साधारणसभामा गणेश थापामाथि रोक लगाएपछि प्ले कार्ड बाेकेर प्रदर्शन (भिडिय…

गणेश थापाका छोरा भन्छन्- अदालतको आदेश देखाउँदा पनि बुवालाई प्रवेश गर्न दिएनन्

भारतसँगको युद्ध तनाव, पाकिस्तानी लिगका बाँकी खेल अब युएईमा हुने

नेपाली महिला क्रिकेटले आज हङकङबिरूद्ध खेल खेल्दै

कात्तिके फुटबल क्लब इन्द्रेणी पोखरीले जित्यो ‘खोटेहाङ फुटबल कप–२०८२’ को उपाधि

पिएसजी युइएफए च्याम्पियन्स लिगको फाइनलमा

प्रतिक्रिया