शुक्रबार ०२ जेठ, २०८२
Friday, May 16, 2025

ठूलो त्याग र बलिदानबाट प्राप्त उपलब्धीलाई ओलीले कुर्सीसँग साटे : जर्नादन

काठमाडौँ : नेकपा स्थायी समिति सदस्य जर्नादन शर्माले ठूलो त्याग र बलिदानबाट प्राप्त उपलब्धीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले कुसीसँग साटेको आरोप लगाएका छन् । नेकपा दाहाल–नेपाल समूहले काठमाडौँमा गरेको विरोध सभामा बोल्दै  शर्माले त्यसकाविरुद्ध आफूहरू सडकमा आएको बताए ।

‘सात दशक लामो संघर्षका क्रममा ठूलो त्याग र बलिदानबाट प्राप्त संविधानलाई ओलीले कुर्सीसँग साटे,’ उनले भने, ‘संविधान पदसँग साटिन सक्छ ? के संघीयता कुनै सनकमा खारेज हुन सक्छ ? संघीयता, धर्म निरपेक्षता र गणतन्त्रको  रक्षा गर्न, यो हर्कतकाविरुद्ध हामी खडा भएका छौं ।’ 

उनले जनताको आवाज नबुझे फेरि विद्रोह हुनसक्ने चेतावनीसमेत दिए । ‘जनताको आवाज बुझ्दैनन् भने म भन्न सक्दैन कुन दिन विद्रोह हुनेछ,’ उनले अगाडि भने, ‘जनताको विद्रोहले संघीयता विरोधीलाई समाप्त पार्ने छ ।’