डोल्पा एयरपोर्ट स्तरोन्नती : जुफालका स्थानीयलाई १ करोड मुआब्जा
काठमाडौं : सरकारले डोल्पा विमानस्थल स्तरोन्नतीको लागि जग्गा खरिद गर्न मुआब्जा निर्धारण गरेको छ । जुफाल (ठूलीभेरी नगरपालिका वडा नम्बर ७ र ८) मा रहेको ८ हजार ४ सय ४६ वर्गमिटर जग्गा अधिग्रहण गर्न १ करोड ११ लाख ४८ हजार ७ सय २० रुपैयाँ मुआब्जा निर्धारण गरेको हो ।
५९ संख्यामा रहेका स्थानीयवासीका जग्गा अधिग्रहण गर्ने डोल्पा जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । करिब ४० स्थानमा रहेको जग्गा क्याराभान निर्माण उपभोक्ता समितिको स्वामित्वमा छ ।
प्रति वर्ग मिटर एक हजार ३ सय २० रुपैयाँको दरले मुआब्जा वितरण गर्ने कार्यालयले जानकारी दिएको छ । विमानस्थलको पश्चिम धावनमार्गको भित्र र पश्चिम उत्तरमा पर्ने जग्गा स्थायी रुपमा प्राप्त गर्नुपर्ने भएको उल्लेख छ । ७ दिनभित्र जग्गा प्राप्ति गर्नुपर्ने वा नपर्ने कुनै कारण भए निवेदन दिन कार्यालयले आह्वान गरेको छ ।

ग्लोबल आइएमई बैंकद्वारा कार्डमा आधारित ग्लोबल पेमेन्ट गेटवे सुचारु
_WReWwa01hD_72g7mzbrhuq7rpxdbvwq7rk245fltfcesgjqdcmzcr58gnq1ziycd9sz6ju0_Km81vYJc72_ky38riyjbumeyqu2fjcewieeyg5z9i6dqzcxw0nvbcvodg9yephcpbnidj1b.jpg)
नेपाल लाइफले भव्यताका साथ मनायो २४औँ वार्षिकोत्सव

राजस्व संकलन कमजोर, प्रदेश र स्थानीय तहको अनुदान कटौती

‘तल्लो मोदी–नयाँ मोदी प्रसारण लाइन’ निर्माण सुरु

जुम्लामा असिनापानीले स्याउका बिरुवामा क्षति

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया