आइतबार २९ असार, २०८२
Sunday, July 13, 2025

पूर्वसांसद जोशीको निधन

देउवाद्वारा दु:ख व्‍यक्‍त

महेन्द्रनगर : पूर्वसांसद गङ्गादत्त जोशीको ८४ वर्षका उमेरमा निधन भएको छ । नेपाली कांग्रेस कञ्चनपुरका पूर्वसभापतिसमेत रहेका जोशीको आज बिहान महेन्द्रनगरमा हृदयाघातका कारण निधन भएको हो । केही दिनअघि आँखाको शल्यक्रिया गरेका जोशीको घरबाट आँखाको थप उपचारका लागि अस्‍पताल जान लागेका बेला बाटामै निधन भएको हो। 

उनको शव महाकाली अस्पतालमा राखिएको छ । परिवारका सदस्यसितको सल्लाहमा दाहसंस्कार गरिने कांग्रेस कञ्चनपुरका पार्टी सचिव ईश्वरीप्रसाद जोशी बताए । वृद्धावस्थामा पनि राजनीतिमा सक्रिय जोशीले उच्च रक्तचापको औषधि खाइरहेका थिए । 

देउवाद्वारा दु:ख व्‍यक्‍त

पूर्वसांसद जोशीको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहदुर देउवाले दु:ख व्‍यक्‍त गरेका छन् । सामाजिक सञ्‍जाल ट्वीटरमार्फत जोशीको निधनले मर्माहित बनाएको बताउँदै उनको आत्माको चीरशान्तिको कामना गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन् । उनले लोकतन्त्र प्राप्तिको हरेक आन्दोलनमा जोशीले खेलेको भूमिका निकै महत्वपूर्ण रहको देउवाले स्‍मरण गरेका छन् ।