सीईओ जनक शर्माले छाडे सनराइज बैंक

काठमाडौँः सनराइज बैंकका सीईओ जनक शर्मा पौड्यालले राजीनामा दिएका छन् । सञ्चालकहरूको विवादको चेपुवामा परेका सीईओ पौड्यालले डेढ वर्ष सनराइज बैंकमा काम गरे । पौड्यालको नियुक्ति लगत्तै अघि सनराइज बैंकको सीईओमा निरजकुमार श्रेष्ठलाई नियुक्त गरिएको थियो । तर सञ्चालकहरूको झगडाका कारण निरजले एक दिन पनि काम गर्न पाएनन् । त्यसपछि गत वर्ष असारमा शर्माको नियुक्ति भएको हो ।
यसबीचमा सञ्चालकहरूको विवाद उत्कर्षमा पुगेपछि नेपाल राष्ट्र बैंकले ‘सेटल’ गरेको थियो । तर सुषुप्त विवाद भने जारी रह्यो । जुनसुकै विषयमा पनि सञ्चालक समितिमा दुई पक्ष आपसमा विवाद गर्न थालेपछि काम गर्न नपाएको भन्दै उनले १९ महिनामै राजीनामा दिएका हुन् ।
पौड्यालले बैंकिङ क्षेत्रमा ३२ वर्ष लामो अनुभव हासिल गरेका छन् । नबिल बैंकमा २०४४ सालमा करिअर सुरु गरेका उनले त्यहाँ ११ वर्ष काम गरे । त्यसपछि उनले एनआइसी बैंक, लक्ष्मी बैंक लगायतमा काम गरे । उनले बर्कले लण्डनबाट एमबीए डिग्री हासिल गरेका छन् । यसबीचमा उनले त्यहाँ पनि बैंकिङ क्षेत्रमा काम गरेका थिए ।
लण्डनबाट फर्केपछि ग्लोबल आइएमइ बैंकका सहायक महाप्रबन्धक पदबाट पुनः नेपाली बैंकिङ क्षेत्रमै फर्केका पौडेलले त्यहाँ बढुवा हुँदै डेपुटी सीईओ समेत भएर काम गरे । २०७५ माघ ८ मा ग्लोबल बैंक छाडेका उनले २०७६ साउन ८ देखि सनराइज बैंकको सीईओ भएर काम गरेका हुन् ।
सनराइज बैंकमा पौडेलले राजीनामा दिएपछि नायब प्रमुख कार्यकारी अधिकृत आरती राणाले संक्रमणकालीन व्यवस्थापन हेर्ने बताइएको छ । राणा दुई दिन अघि नायब सीईओमा बढुवा भएकी हुन् ।

पहिलो पटक मोटरेबल सडकले जोडियो बागलुङको उपल्लोबेङ्ग्री

मानसरोबरको सिजन सुरू, कैलाश पर्वतका अझै ५ रहस्य गर्भमै

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

सिंहदरबारमा बजेट माग्नेहरूको दौडधुप घुइँचो

ग्लोबल आइएमई बैंकद्वारा कार्डमा आधारित ग्लोबल पेमेन्ट गेटवे सुचारु
_WReWwa01hD_72g7mzbrhuq7rpxdbvwq7rk245fltfcesgjqdcmzcr58gnq1ziycd9sz6ju0_pa8aVKl1Ll_rpogat4wlwr8eb04lmc9gaeydnqvum5biv1qnigzuvk8y7r2ciwzwyygpfwg.jpg)
नेपाल लाइफले भव्यताका साथ मनायो २४औँ वार्षिकोत्सव

राजस्व संकलन कमजोर, प्रदेश र स्थानीय तहको अनुदान कटौती

प्रतिक्रिया