महाकाली नदीमा फसेका मलामीको उद्धार
काठमाडौँ : भीमदत्त नगरपालिका-१२ भुजेलघाटस्थित महाकाली नदीमा फसेका १६ मलामीको मंगलबार उद्धार गरिएको छ । भारतको उत्तराखण्ड राज्यको टनकपुरस्थित एनएचपिसीद्वारा सञ्चालित विद्युत गृह सफा गर्न महाकाली नदीमा पानी छाडेपछि पानीको बहाव उच्च भई मलामी नदीको बीच भागमा रहेको टापुमा फसेका थिए ।
नदीको बीच भागमा मलामी फसेको खबर पाइएपछि विपद् व्यवस्थापन गुल्म महेन्द्रनगरबाट खटिएको प्रहरीको टोलीले मलामीको सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए । भारतले बिना पूर्वसूचना विद्युत गृहको पानी छाडेको बताइएको छ । रासस

जब हृदयन्द्रको जुम्ला यात्राले सामाजिक सञ्जाललाई मोहित बनायो...

इलाममा १०२ जनाले पाए आमाको नामबाट नागरिकता

विदेश पठाउने भन्दै ७१ लाख ५२ हजार ठगी गर्ने चार जना पक्राउ

ट्याङ्करले ठक्कर दिँदा सात जना घाइते

पुनर्निर्माणका लागि साततले दरबार भत्काउन सुरु

सिन्धुलीमा रुखले किच्दा दुई जनाको मृत्यु, तीन घाइते
चक्रे मिलनसहित १९ जनालाई गुण्डागर्दीको अभियोगमा म्याद थप

प्रतिक्रिया