शनिबार १७ साउन, २०८२
Saturday, August 02, 2025

कतारले हमाद विमानस्थलमा दोषी देखिएका कर्मचारीलाई कारवाही गर्ने

काठमाडौं : कतार सरकारले गत अक्टोबर २ मा दोहास्थित हमाद अन्तराष्ट्रिय विमानस्थलमा भएको खानतलासी प्रकरणमा दोषी देखिएका कर्मचारीलाई कारवाही गरिने बताएको छ । ‘खानतलासीका क्रममा प्रचलित प्रक्रियाको अनुसरण नगरेको देखियो । त्यसकारण दोषी देखिएका कर्मचारीलाई कारबाहीका लागी प्रक्रिया अगाडी बढाइएको छ,’ शुक्रबार एक विज्ञप्ती जारी गर्दै, कतारी सरकार अन्तर्गतको सूचना कार्यलयले भनेको छ ।

विज्ञप्तीमा, कतार सरकारका तर्फबाट माफी समेत मागिएको छ । ‘खानतलासीका क्रममा यात्रुमाथि पर्न गएको असुबिधा प्रति हामी माफी माग्‍न चाहान्छौ । यस्तो कार्य कतारी मान्यता विपरित छ । आइन्दा यस्तो नदोहिरिने कुराको पनि प्रतिबद्दता जाहेर गर्न चाहन्छौ,’ उसले भनेको छ । 

केही हप्ताअघि हमाद अन्तराष्ट्रिय विमानस्थलको शौचालयमा भर्खरै जन्मिएको बच्चा बेवारिसे अवस्थामा फेला परेको थियो । त्यसपछी विमानस्थल कर्मचारीले दोहाबाट अन्तराष्ट्रिय गन्तब्य तर्फ उड्न लागेका कतार एयरवेजका १० विमानभित्र रहेका महिला यात्रुमाथि खानतलासी गरेका थिए । खानतलासीको  चौतर्फी आलोचना भएपछि कतार सरकारले छानबिन गर्ने बताएको थियो ।