राष्टसंघद्वारा फ्रान्समा भएको आतंककारी हमलाको निन्दा

काठमाडौं : राष्ट्रसंघले फ्रान्सको निस सहरमा भएको आतंककारी हमलाको निन्दा गरेको छ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले बिहीबार भएको आतंककारी हमलाको निन्दा गरेका हुन् । फ्रान्सको निस सहरमा बिहीबार चक्कुले हमला गरी एकजना व्यक्तिले तीन जनाको बर्वरतापूर्वक हत्या गरेको थियो । धारिलो हतियार प्रयोग गरेर हत्या गर्ने ब्राहिम औसाउईलाई पक्राउ गरिएको फ्रान्सको सुरक्षा निकायले जनाएको छ । ‘अल्लाह हु अकबर’ भन्दै आक्रमणमा उत्रिएका ब्राहिमलाई प्रहरीले १४ राउन्ड गोली प्रहार गरेर नियन्त्रणमा लिएको हो ।
२१ वर्षीय टुनिसियिन मूलका ब्राहिम शरणार्थीको डुंगा चढेर यही महिनामात्र फ्रान्स आइपुगेको अनुसन्धानले देखाएको छ । प्रत्यक्षदर्शीका अनुसार उनी धारिलो हतियार सहित नोट्रे डाम चर्चमा प्रवेश गरेका थिए । उनले त्यहाँ एक वृध्द महिलाको टाउको छिनालेका थिए । त्यसपछि उनले ५४ वर्षीय भिन्सेन्स लोक्केसको घाटी रेटी हत्या गरेका थिए । छूरी आक्रमणबाट घाइते बनेकी ४४ वर्षीया सिमोन बरोटा सिल्भा भने भाग्दै एक रेस्टुरेन्टमा पसीन तर उनको त्यहाँ पुगेसँगै ज्यान गयो ।
नियन्त्रण पछि उपचारार्थ अस्पताल लगिएका ब्राहिम विहान साढे छ बजे ट्रेनबाट निस सहर पुगेका थिए । सीसीटिभी फुटेज नियाल्दा उनी कपडा बदलेर साढे आठ बजे चर्च पुगे । त्यहाँ आधाघण्टा बसेपछि त्यस्तो क्रुर हत्या गरेका सञ्चार माध्यमहरूले जनाएका छ्न् । ब्राहिम गत सेप्टेम्बर २० मा इटालीको टापु लाम्पेडुसा आइपुगेका थिए । पेरिसमा उनी गत अक्टुबर ९ मा आइपुगेको पनि अन्तराष्ट्रिसमाचार संस्थाहरुले जनाएका छन । एपी/एएफपी/सीएनएनले घटनाको बारेमा विभिन्न कोणबाट अध्ययन अनुसन्धान भइरहेको उल्लेख गरेका छन् ।
छूरी हमलाबाट गरिएको बर्बर हत्या आतंककारी हमला हो भन्दै महासचिव गुटेरसले त्यसमा संलग्नहरूलाई कडाभन्दा कडा कारवाही गर्नपर्ने बताएका छन् । हमला आतंककारीद्वारा गराएको हो भन्दै यस्ता घटनाका दोषीलाई कानुनी कारवाहीको दायरामा ल्याउन पर्ने उनको धारणा रहेको प्रवक्ता स्टेफन डुजारिकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
महासचिव गुटेरसले मृतकका आफन्तहरुलाई समवेदना पनि प्रकट गर्दै आतंककारीका विरुध्दको संघर्षमा राष्ट्रसंघ सधैँ फ्रान्सेली सरकारको साथमा रहेको पनि उल्लेख गरेका छन् । फ्रान्सको निस सहरमा यसअघि पनि आतंककारी हमला भएको थियो । त्यसमा परेर कैयौं नागरिकको ज्यान गएको थियो ।
चार्ली हेब्डो नामक पत्रिकाले प्रोफेट मोहम्मदको कार्टुन प्रकाशित गरेपछि अलकायदाले ‘जिहाद’ छेड्ने बताउँदै थप आक्रमण गर्ने चेतावनी दिएको थियो । केही दिनअघि मात्र कार्टुन विद्यार्थीहरुलाई देखाएको आरोपमा एक शिक्षकको विभत्स हत्या गरिएको थियो । फ्रान्समा यतिबेला सम्भावित आतंकवादी हमलालाई मध्यनजर गर्दै सुरक्षा सतर्कता बढाइएको छ ।

अमेरिकाद्वारा युक्रेनलाई तीन अर्ब १० करोड बराबरको सैन्य सहयोग घोषणा

गाजामा इजरायली आक्रमण : तीन शिशुसहित ११ जनाको मृत्यु

दक्षिण कोरियाको कन्जरभेटिभ पार्टीद्वारा राष्ट्रपति पदका लागि उम्मेदवार घोषणा

भारतको गोवामा मन्दिरमा भागदौड मच्चिँदा छ जनाको मृत्यु, ५० जनाभन्दा बढी घाइते

क्यानडाको चुनावमा २२ पञ्जावी विजयी, संघीय संसदमा ६ प्रतिशत प्रतिनिधित्व

रोग नियन्त्रणमा अमेरिकी वैज्ञानिकको आधुनिक पहल

विश्व स्वास्थ्य सङ्गठनद्वारा गाजामा विनाशकारी अवस्थाको चेतावनी

प्रतिक्रिया