‘खान नजान्दा खाना नै विष बन्छ’
पाेखरा : स्वस्थ्य जीवनयापनका लागि प्राकृतिक जीवनशैली महत्वबारे पोखरामा प्राकृतिक स्वास्थ्यसम्बन्धी दुई दिने परामर्श गोष्ठी सम्पन्न भएको छ । रोफेका रिफ्लेक्सोलोजी र ऋषिकुल आयुर्वेद परामर्श केन्द्र पोखराको आयोजनामा प्राकृतिक जीवनशैलीसम्बन्धी कार्यक्रममा गव्यसिद्ध डा. नरेन्द्र हमालले प्रशिक्षण दिए ।
डा हमालले मानिसको व्यस्त जीवनशैलीमा आहार–विहारले पार्ने प्रभाव र आफ्नै भान्सादेखि वनजङ्गलमा सजिलै पाइने जडीबुटी र त्यसको प्रयोगले कसरी स्वस्थ्य जीवन जिउन सकिन्छ भन्नेबारे प्रष्टबारे । उनले बिहान उठेदेखि बेलुका सुत्ने समयसम्म कस्ता खानेकुरा कुन समयमा खाने र कसरी खाने भन्ने विषयमा राम्रो जानकारी नहुँदा खाना नै विषजस्तै बन्दै गएको बताए ।
वैदिक शास्त्रमा उल्लेख भएका पूर्वजले अपनाएको प्रारब्ध जीवनशैली प्राकृतिक आहार–विहारको महत्वबारे प्रष्ट पार्दै डा हमालले पछिल्लो समय अप्राकृतिक आहार–विहार, रसायनयुक्त खानपिन, विद्युतीय उपकरणको व्यापक प्रयोग र रासायनिक औषधिको दूष्प्रभावका कारण मानव शरीरमा पारेको प्रभावबारे जानकारी दिए । वैदिक गृहम् काठमाडौँका सञ्चालक श्री रवि चपागाइँले अक्कल बिनाको नक्कल गर्दै जाँदा आफू र आफ्नो परिवारको स्वास्थ्यमाथि नै खेलबाड गरिरहेको बताए । आफ्नो शरीरबारे आफू स्वयंले ध्यान दिएर शुद्ध र स्वच्छ प्राकृतिक खानपानमा ध्यान दिन उनकाे आग्रह थियो ।
कार्यक्रमका सहभागीले दीर्घकालीन थाइराइड, मधुमेह, उच्च रक्तचाप, मोटोपनालगायत दीर्घ समस्याबारे जिज्ञासा राखेका थिए । सो कार्यक्रममा भान्सा, वनजङ्गल, खेतबारीमा हुने प्राकृतिक जडीबुटी र त्यसको प्रयोगबारे जानकारी गराइएको थियो । दुई दिनको प्रशिक्षणबाट प्राकृतिक जीवनशैलीका विविध पक्षबारे जानकारी लिन सफल भएको सहभागी पुष्पा पुनमगरले अनुभव सुनाए ।
रिफ्लेक्सोलोजीका सञ्चालक वसन्त पौडेलले मानिस प्राकृतिकभन्दा पनि अप्राकृतिक खानपान र जीवनशैली अपनाउँदै जाँदा विभिन्न रोगको शिकार हुनुपरेको अवस्थालाई ध्यान दिएर स्वास्थ्य परामर्शको आयोजना गरिएको बताए । उनले अब वडा तहबाट नै प्राकृतिक भोजन र जीवनयापनबारे सचेतना फैलाउन आवश्यक रहेको औँल्याए । पौडेलका अनुसार कार्यक्रममा विभिन्न सङ्घ संस्थाका प्रतिनिधि, युवा व्यवसायी, सामाजिक क्षेत्रका ४० क्रियाशील महिला तथा पुरुषको सहभागिता रहेको थियो । रासस

जब हृदयन्द्रको जुम्ला यात्राले सामाजिक सञ्जाललाई मोहित बनायो...

इलाममा १०२ जनाले पाए आमाको नामबाट नागरिकता

विदेश पठाउने भन्दै ७१ लाख ५२ हजार ठगी गर्ने चार जना पक्राउ

ट्याङ्करले ठक्कर दिँदा सात जना घाइते

पुनर्निर्माणका लागि साततले दरबार भत्काउन सुरु

सिन्धुलीमा रुखले किच्दा दुई जनाको मृत्यु, तीन घाइते
चक्रे मिलनसहित १९ जनालाई गुण्डागर्दीको अभियोगमा म्याद थप

प्रतिक्रिया