एपीएफ टोलीद्वारा लागूऔषधसहित छुट्टाछुट्टै ठाउँबाट तीन पक्राउ

काठमाडौं : एपीएफ टोलीले छुट्टाछुट्टै ठाउँबाट फरक फरक लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको छ । एपीएफ टोलीले सिरहाको गोलबजार नगरपालिका–६ बाट विभिन्न किसिमको लागूऔषधसहित सोही जिल्लाको सुखिपुर नगरपालिका ७ बलही बस्ने २२ वर्षीयय जितेन्द्र यादवलाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस गोलबजारबाट खटिएको एपीएफ टोलीले उनलाई पक्राउ गरेको हो । लागूऔषध खरिद विक्री गरिरहेको अवस्थामा उनलाई एपीएफ टोलीले नाईट्रोभेट ट्याब्लेट ४५ वटा, कोरेक्स दुई बोतल र सय ग्राम गाँजासहित पक्राउ एपीएफको सूचना शाखाले जनाएको छ ।
एपीएफ टोलीले त्यसवेला निज यादवको साथबाट ३८ हजार पाँच सय रुपैयाँ समेत बरामद गरेको छ । पक्राउ परेका निज यादवलाई बरामद लागूऔषध तथा रुपैयाँसहित आवश्यक कारबाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।
सर्लाही जिल्लाको लालबन्दी नगरपालिका २ मलंगवाबाट एपीएफ टोलीले ७५ बोतल वीनसिरेक्स नामक लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको मलंगवा नगरपालिका ४ बस्ने ४१ वर्षीय सुरेन्द्र यादव छन् ।
भारतीय मोटरसाइकलमा सवार यादवलाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश हरिवनबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो ।
यसैगरी पर्सा जिल्लाको बीरगंज महानगरपालिका १६ स्थित भन्सार गेट इलाकाबाट एपीएफ टोलीले तीन पत्ता नाइट्रोभेट र दुई बोतल वीनसिरेक्ससहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको ठोरी गाउँपालिका ३ बस्ने २६ वर्षीय अमृतबहादुर बस्नेत छन् ।
उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बीरगंजबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेका बस्नेतलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया