माटो ब्राण्ड : नयाँ बानेश्वरमा १९ वर्षे किशोरको अर्गानिक फ्रेन्चाइज

काठमाडौं : १९ वर्षे एक किशोरले नयाँ बानेश्वरमा 'माटो' ब्राण्डको फ्रेन्चाइज सुरू गरेका छन् । 'माटो' गोल्यान घराना समूहको गोल्यान एग्रो प्रालि प्रख्यात ब्राण्ड हो ।
माटो फ्रेसको नामबाट खुलेको यो फ्रेन्चाइज मंगलबार गोल्यान समूहका प्रमुख पवन गोल्यानले उद्घाटन गरे । 'माटो ब्राण्डको पहिलो फ्रेन्चाइज जोश-जागर भएको युवालाई जिम्मा लगाउन पाउँदा खुशी लागेको छ,' गोल्यानले भने ।
सप्तरी भारदहका १९ वर्षे आशिषकुमार यादव अहिले कक्षा १२ मा कम्प्युटर म्यानेजमेन्ट अध्ययन गरिरहेका छन् । बिहानको समय यादव क्याम्पस पढ्छन् । त्यो समयमा उनका साथी सचिन चौधरीले स्टोर हेर्छन् । क्याम्पसबाट फर्केपछि दिनभरी पसलमा व्यस्त हुने गरेको यादवले बताए ।
फुर्सदको समयमा उनी कम्प्युटर एसेम्बिङ पनि गर्छन् । कम्प्युटर एसेम्बिङ गरेरै राम्रै आम्दानी हुने भए पनि उनलाई हजुर बुवाको कारण स्टोर खोल्ने प्रेरणा मिल्यो । काठमाडौंका अन्य स्थानमा समेत फ्रेन्चाइज बढाउँदै जाने लक्ष्य रहेको यादवले बताए ।
'पढाईसँगै व्यावसायिक सीप विकास हुने नै भयो । त्यसबाहेक किसानको उत्पादनलाई बजारिकरण गर्न पाउँदा आफुलाई गर्व महसुस भएको छ,' यादवले भने ।
उद्योगपति पवन गोल्यानको 'किसान बचाउने' अभियानमा सहकार्य गर्नलाई यस्तो प्रेरणा आफ्नो हजुरबुवा अयोधी यादवबाट मिलेको यादव बताउँछन् । 'गोल्यान सर र मेरो हजुरबुवा अयोधी यादवको साथी हुनुहुन्छ,' उनले भने, 'उहाँहरूले नै मलाई फ्रेन्चाइज चलाउन प्रोत्साहन गर्नु भएको हो ।'
यादवको हजुरबुवा आफैमा कृषक हुन् । उदयपुरमा उनले पाँच विगाह जग्गामा व्यावसायिक कृषि फार्म चलाइरहेका छन् ।
माटो फ्रेस सञ्चालनका लागि उनले हिमालयन बैंकबाट सहुलियत कर्जा लिएका छन् । यादवकी दिदी कविता रायले उनलाई 'सपोर्ट' गरेकी छिन् । फ्रेन्चाइज सञ्चालनमा १० लाख रुपैयाँ आसपास लगानी परेको यादव बताउँछन् ।
के हो माटो ?
माटोको स्थापना केवल नेपालको उत्पादनलाई मुलुकको उत्थानका लागि स्थापित गरिएको गोल्यानले बताए ।
'हाम्रा उत्पादनहरूले तपाईलाई उच्च विश्वव्यापी गुणस्तरताका साथ ल्याउँदछ जुन नेपालको सम्पदा, मानहरू र इतिहास हो । हाम्रो खेत देखि तपाइको भान्छा सम्म दर्शनले दिगो नेपालको निर्माणको मेरुदण्ड बनाएको छ,' गोल्यानले भने, ' आज हामीले नेपाली कृषकहरू र हाम्रा ग्राहकहरूबीचको खाडल पुर्नको लागि हाम्रो अभियानतर्फ एक अर्को कदम चालिसकेका छौं, जहाँ स्थानीय स्रोत, जैविक रूपमा उत्पादन गरिएको ताजा उत्पादन सबैको भान्छा सम्म ल्याउछौं ।'
माटोको स्टोरले पाँच सय मीटरभित्र नि:शुल्क डेलिभरी गर्छ । अर्डर गर्नका लागि सम्पर्क नम्बर +९७७९८०८४०३०३७ दिएको छ । अहिले माटोको सानेपा, नारायणथान, कुपन्डोल, गोल्फुटार र नयाँ बानेश्वरमा स्टोर छन् । माटोको झम्सिखेल, नक्साल र लाजिम्पाट चन्डोलमा समेत खोल्ने तयारी गरिरहेको छ ।
माटोले स्थानीय उद्यमीलाई यसको ब्रान्ड एम्बेसडरहरू बन्न प्रोत्साहन गरिरहेको छ । माटोका स्टोरहरूमा स्थानीय स्रोत र स्थानीय रूपमा प्रशोधित उत्पादनहरू मात्रै बिक्री गरिने गोल्यानले बताए ।

कतिमा हुँदैछ आज विदेशी मुद्राको कारोबार ?
_s9n0E2adwG_gumcjphdni5h8dpeydj8wga6u7eedf5s53tlhjkvy9oq9o55mjx4slzmwcbq_JueXowWkwU_rxk8hslooij1f9ivbamgsbk0g4meqpocim8gt61u0w3uc727rcjrwaljnwdr.jpg)
कुमारी बैंकद्वारा फोनपेसँगको सहकार्यमा भर्चुअल क्रेडिट कार्ड सेवा सुरु

आजदेखि पेट्रोलियम पदार्थको मूल्यवृद्धि, पेट्रोलमा बढ्यो लिटरमै पाँच रूपैयाँ

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

आँप मेलामा १० लाखभन्दा बढीको कारोबार

तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँध निर्माण हुँदै

आज सुन प्रतितोला कतिमा कारोबार हुँदैछ?

प्रतिक्रिया