कालीमाटी तरकारी बजारमा कृषिमन्त्री अर्याल(फोटो फिचर)
बजारलाई व्यवस्थित गर्ने योजनासहित मन्त्रालयमा उपस्थित हुन विकास समितिलाई निर्देशन

काठमाडौं : कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले किसान र बजारलाई प्रत्यक्ष जोड्ने विधि बनाउने बताएकी छन् । मंगलबार कालीमाटी फलफूल तथा तरकारी बजारको अवलोकन गर्दै किसानले पसिनाको उचित मुल्य प्राप्त गर्नुपर्ने बताउँदै बजार र किसानलाई प्रत्यक्ष जोड्ने विधिको निम्ति मन्त्रालयले सोच बनाएको बताइन् ।
उत्पादित वस्तुको बजारीकरणको व्यवस्था गर्नु आजको आवश्यकता भएकाले किसानलाई बजारको व्यवस्थापन गर्न उत्पादित वस्तुको बजार ग्यारेन्टी सरकारले गर्ने उनको भनाइ छ । उत्पादनलाई बढावा दिने तथा उत्पादनलाई बजारमा बिक्री हुने वातावरण बनाउन सरकारको तर्फबाट योजना ल्याउने उनले बताइन् ।
मन्त्री अर्यालले बजारलाई व्यवस्थित गर्ने योजनासहित मन्त्रालयमा उपस्थित हुन कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिलाई निर्देशन दिएकी छन् । उनले फोहोर व्यवस्थापन र स्टललाई व्यवस्थापन गर्न आवश्यक रहेको भन्दै मन्त्रालय र बजार समितिबीच छलफल गरी तत्काल एउटा निश्कर्षमा पुगिने बताइन् ।
तस्वीर : सराेज बैजु

जब हृदयन्द्रको जुम्ला यात्राले सामाजिक सञ्जाललाई मोहित बनायो...

इलाममा १०२ जनाले पाए आमाको नामबाट नागरिकता

विदेश पठाउने भन्दै ७१ लाख ५२ हजार ठगी गर्ने चार जना पक्राउ

ट्याङ्करले ठक्कर दिँदा सात जना घाइते

पुनर्निर्माणका लागि साततले दरबार भत्काउन सुरु

सिन्धुलीमा रुखले किच्दा दुई जनाको मृत्यु, तीन घाइते
चक्रे मिलनसहित १९ जनालाई गुण्डागर्दीको अभियोगमा म्याद थप

प्रतिक्रिया