चिठ्ठा पर्यो भन्दै ठगेको रकम गोबरको थुप्रोमा

झापा : अनलाइनबाट चिठ्ठा परेको भन्दै ठगी गर्ने एकजना पक्राउ परेका छन् । झपाकाे अर्जुनधारा नगरपालिका-९ का २९ वर्षीय पंकज पौडेली बिकलाई आइतबार प्रहरीले पक्राउ गरेको हो । उनले चिठ्ठा परेको भनेर सामान र पैसा भन्सारबाट छुटाउन ट्याक्स लाग्छ भन्दै ठगी गरेको प्रहरीले बताएको छ । विभिन्न बैंकको खाता नम्बर दिएर उनले पैसा ठगी गर्ने गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ ।
इलाका प्रहरी कार्यालय बिर्तामोड झापाबाट खटिएको प्रहरीले पंकजलाई पक्राउ गरेको हो । उनको साथबाट ३ लाख ५६ हजार ७ सय १० रुपैयाँ नगद र विभिन्न व्यक्तिसँग सम्बन्धित कागजात फेला परेको छ । उनको घरबाट २ लाख ८ हजार २ सय नगद फेला परेको छ । त्यस्तै, उनको घर पछाडिको गाई गोठको गोबरको थुप्रोभित्र एउटा लेडिज ब्याग फेला परेको छ ।
साेही झोलाबाट ८ लाख ३० हजार ३ सय ५ रुपैयाँ प्रहरीले बरामद गरेको छ । उनलाई थप अनुसन्धानका लागि महानगरीय अपराध महाशाखा मिनभवन काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया