ओलीको सभा पञ्चर्यालीको पुनरावृत्ति हो : माधवकुमार नेपाल

काठमाडौँ : नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले ओलीले नारायणहिटी अघि भएको सभा पञ्चर्यालीको पुनरावृत्ति भएको बताए । सोमबार एकीकृत अखिल नेपाल शिक्षक संगठनको प्रथम राष्ट्रिय परिषद् बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले अहिलेको लडाईं पदको लागि नभएको भन्दै विचार, सिद्धान्त, प्रणालीको तथा अग्रगमन र प्रतिगमनको भएको बताएका हुन् ।
ओलीले नारायणहिटी अगाडिको कार्यक्रममा तीन लाख मानिस उतार्ने बताए पनि २०/२५ हजार मानिसहरु मात्रै आएपछि ओली समूहका नेताहरु निराश भएर एक अर्कालाई आरोप लगाएर बसेको उनको टिप्पणी छ । उनले संविधान र लोकतन्त्र बचाउनका लागि अहिलेको लडाईं भएको र त्यसैका लागि आफूहरु जनतामाझ गएको जिकिर गरे ।
कार्यक्रममा नेकपा दाहाल-नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत नेताले सरकारले संविधान कुल्चने काम गरेको र लोकतन्त्रका उपलब्धीहरुलाई नै धरापमा पार्ने काम गरेकाले संघर्षमा जानु परेको धारणा राखेका थिए ।

कांग्रेस संसदीय दलको बैठक शनिबार

आतङ्कवादी आक्रमणमा परेका नेपालीका परिवारलाई सधैँ सहयोग गर्छौं : इजरायली राज…

प्रतिनिधिसभाको बैठक बस्दै, अर्थमन्त्री पौडेलले जवाफ दिने

आजदेखि ‘सगरमाथा संवाद’ : १७५ विदेशी पाहुना काठमाडौँमा

माओवादीको मध्यपहाडी लोकमार्ग अभियान आजबाट

बजेट व्यावहारिक र कार्यान्वयनमुखी हुनुपर्छ: सांसदहरु

केही दिनभित्रै गभर्नरको नियुक्ति हुन्छ : सञ्चारमन्त्री गुरुङ

प्रतिक्रिया