'पूर्वअर्थमन्त्री खतिवडा : फरक भूमिका तर पुँजी बजारका समस्या समाधान गर्न प्रतिबद्ध'

काठमाडौँ : आफू फरक भूमिकामा रहेपनि पुँजी बजारका समस्या समाधानका लागि पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले प्रतिवद्धता दोहोर्याएका छन् । अर्थमन्त्रीबाट हटेपछि प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार र अमेरिकाका लागि नेपाली राजदूत नियुक्त भएका खतिवडाले आफ्नो भूमिका फरक भएपनि पुँजी बजारका समस्या समाधान आफ्नो पनि जिम्मेवारी भएको बताएका छन् ।
शुक्रबार अमेरिका जानूअघि नेपाल पुँजी बजार लगानीकर्तासँग आफ्नै निवासमा भएको भेटमा खतिवडाले आफूले गठन गरेको कार्यदलको पुँजीबजार सुधार सम्बन्धी ५८ बुँदे प्रतिवेदन कार्यान्वयनका लागि आफूलाई ‘फलो–अप’ गर्न पनि भनेको अध्यक्ष राधा पोखरेलले बताइन् । ‘उक्त कार्यदलको सदस्यका रूपमा मैंले पूर्व मन्त्रीसँग काम गर्ने अवसर पाएँ । उहाँ पुँजी बजार विरोधी भन्ने आरोप गलत हो,’ नेपाल पूँजीजार लगानीकर्ता संघकी अध्यक्ष पोखरेलले भनिन्, ‘पुँजी बजारका समस्या समाधानका लागि उहाँ प्रतिवद्ध हुनुहुन्छ ।’
पूर्व मन्त्री खतिवडाले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा पुँजी बजारका समस्या समाधानका लागि समिति गठन गरेका थिए । उक्त समितिमा धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरी, नेपाल बैंकर्स संघका तत्कालीन अध्यक्ष ज्ञानेन्द्र प्रसाद ढुङ्गाना, नेपाल इन्भेष्टर्स फोरमका प्रतिनिधि अम्बिका पौडेल, नेपाल सेयर लगानीकर्ता संघकी प्रतिनिधि राधा पोखरेल सदस्य थिए भने अर्थ मन्त्रालयका सह-सचिव उत्तरकुमार खत्री सदस्यसचिव थिए ।
खतिवडाको कार्यकालमा शेयर बजार अवसाद (डिप्रेसन) को अवस्थामा गएको थियो । लगानीकर्ता संघकी अध्यक्ष पोखरेलले पूर्व मन्त्री खतिवडा ‘पुँजी बजारका विरोधी’ भनेर भ्रामक प्रचार भएको बताइन् । उहाँले स्वस्थ ढङ्गले सेयर बजारको विकास होस्, लगानीकर्ताहरूले परिपक्व भएर/बुझेर लगानी गरून् भन्ने चाहानुभएको हो ।
पोखरेलले खतिवडा पुँजी बजारको विरोधी कहिल्यै पनि नभएको भन्दै पुँजी बजार समस्या समाधानका लागि आफूले ग्रहण गरेको प्रतिवेदन कार्यान्वयन गराउन फरक भूमिकामा रहेर पनि क्रियाशील हुनुले खतिवडामाथिको आरोप निराधार भएको बताइन् ।
‘हामीले त शुरुदेखि नै उहाँलाई पुँजी बजार विकास मैत्री पायौं । उहाँबारे दुश्प्रचार भएको थियो,’ पोखरेलले भनिन्, ‘समयले नै यसको जवाफ दिइसकेको छ ।’
उक्त समितिले दिएको प्रतिवेदन

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया