आइतबार २१ बैशाख, २०८२
Sunday, May 04, 2025

प्रुडेन्सियल इन्स्योरेन्सले ८ प्रतिशत बोनस सेयर दिने

काठमाडौं : प्रुडेन्सियल इन्योरेन्स कम्पनीको आइतबार बसेको सञ्‍चालक समितिको बैठकले ८ करोड २१ लाख १४ हजार ५ सय ६० रुपैयाँ बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ । यो  १ अर्ब २ करोड ६४ लाख ३२ हजार रुपैयाँको चुक्ता पुँजीको ८ प्रतिशत हो ।

० दशमलव ४२ प्रतिशत नगद लाभांश वितरण गर्ने इन्स्योरेन्सले जानकारी दिएको छ । आगामी दिनमा बस्ने साधारणसभाले लाभांश पारित गर्नेछ ।