‘ब्ल्याक विडो’ को बिहे

‘ब्ल्याक विडो’ सिरिजकी अभिनेत्री स्कारलेट जोन्सनले ३ वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेकी छिन् । महामारीकै बीच उनले प्रेमी कोलिन जोस्टसँग विवाह गरेकी हुन् । सन् २००६ देखि एक आपसमा परिचित भए पनि उनीहरूले सन् २०१७ देखि औपचारिक रुपमा आफूहरू प्रेममा रहेको घोषणा गरेका थिए ।
रलेटले होस्ट गरेको ‘स्याटर्डे नाइट लाइभ’को अन्तिम सिजनमा जोस्ट क्रु सदस्य थिए । यहीबाट सुरु भएको चिनजान प्रेममा परिणत भएको थियो ।
गत वर्ष इंगेजमेन्ट गरेका उनीहरूले आफन्त र नजिकका साथीभाइका बीच न्युयोर्कमा विवाह गरेको जनाएका छन् ।
इन्स्टामा विवाहको जानकारी दिँदै उनीहरूले आफ्नो विवाहको खर्च सामाजिक संस्थामा खर्चने जनाएका छन् । स्कारलेटको यो तेस्रो विवाह हो । उनले यसअघि अभिनेता रायन रेनोल्डस् र पत्रकार रोमन डुराएकसँग विवाह गरेकी थिइन् । स्कारलेट जोन्सन हलिउडमा सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेत्री मानिन्छन् । उनको पछिल्लो फिल्म ‘ब्ल्याक विडो’ आउँदो वर्षको मेमा रिलिज हुँदैछ ।

बागीः४ पछि टाइगर श्राफ थप २ फिल्ममा देखिने

‘महावतार नरसिंहा’ सुपरहिट भएपछि निर्माताले बनाउने भए बिष्णुका दशैं अवतारका…

‘ट्रासफर्मिङ नेपाल : ब्यालेन्सिङ ग्रोथ विथ इक्विटी’ नामक पुस्तक सार्वजनिक

पपगायिका पेरीसँग क्यानडाका पूर्वप्रधानमन्त्री ट्रुडो डेटमा

तमिल पावरस्टार श्रीनिवासन ठगी मुद्दामा प्रकाउ

बलिउड अभिनेता राजकुमार रावले गरे अदालतमा आत्मसमर्पण

अष्ट्रेलियाको अर्बनमा रामजी र शान्तिरानीले तीजमा नचाउँने

प्रतिक्रिया