मंगलबार २३ बैशाख, २०८२
Tuesday, May 06, 2025

अब १८ महिनासम्म लाइसेन्सको ट्रायल दिन पाइने

काठमाडाैँ : सरकारले सवारी चालक अनुमति पत्रकाे ९० दिनभित्र तीन पटकसम्म पुन ट्रायल दिन पाउने व्यवस्थालाई संसाेधन गरेकाे छ ।  नयाँ व्यवस्था अनुसार १८ महिनासम्म पुन ट्रायल दिन पाइनेछ । 'काेभिडका कारण लाइसेन्सका परीक्षा दिन नपाएकाहरुका लागि याे व्यवस्था गरिएकाे हाे,' यातायात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमालले भने, 'अवस्था सामान्य नभएसम्म अल्पकालिन रुपमा याे व्यवस्था लागू हुन्छ ।' 

हमालका अनुसार १८ महिनासम्म समयावधि कायम भएपनि तीन पटक मात्र पुन ट्रायल दिन पाइनेछ ।  'सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा (ट्रायल) पास भएको एक वर्षभित्र राजश्‍व तिर्नुपर्ने, राजश्‍व बुझाई लिखित वा प्रयोगात्मक परीक्षामा समावेश हुन पाउने र ९० दिन भित्र तीन पटकसम्म रि-ट्रायल परीक्षामा समावेश हुन पाउने व्यवस्था रहेकोमा हाललाई सो व्यवस्थाको समयावधि १८ महिना कायम हुने गरी यातायात व्यवस्थापन कार्यविधि निर्देशिका-२०६० मा संशोधन गरिएको र सो बमोजिम हुने गरी यस विभागबाट संञ्चालनमा रहेको इलेक्ट्राेनिक ड्राइभिङ लाइसेन्स एण्ड भेइकल सिस्टममासमेत अद्यावधिक गरिएको व्यहोरा सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ' विभागले जारी गरेकाे सूचनामा भनिएकाे छ ।