कोरोनाले खल्लो बन्यो 'रोज डे', उत्पादनसँगै माग घट्यो

काठमाडौं : यसपाली भ्यालेन्टाइन्स डे (प्रेम दिवस) नजिकिँदै गर्दा पनि गुलाब बजारमा उत्साह घटेको छ । मायाको चिनोको रुपमा दिइने गुलाब फूलको माग घटेको छ । कोभिड-१९ को महामारीका कारण गुलाबको उत्पादन ४० प्रतिशतले घटेको फ्लोरीकल्चर एशोसिएसनले जानकारी दिएको छ । पोहोरपरार जस्तो गुलाबको ठुलो माग नरहेको पुष्प व्यवसायी बताउँछन् । फ्लोरिकल्चर एशोसिएसनका अध्यक्ष कुमार कसजुले गुलाबको माग घटेको बताए ।
प्रेम दिवस 'भ्यालेन्टाइन्स डे' को एक साताअघि सुरु हुने भ्यालेन्टाइन्स सप्ताह मनाउने चलन छ । पहिलो दिन रोज डेको अवसरमा पनि गुलाबको माग बढी हुने गर्छ ।एशोसिएसनका अनुसार गत वर्ष करिब २ लाख स्टिम गुलाबको कारोबार भएको थियो । यसपाली १ लाख २० हजार स्टिम गुलाबको माग हुने अनुमान छ।
खासगरी डच र कलकत्ते लोकल गुलाबको बढी माग हुने गरेको छ । काठमाडौं उपत्यकामा मात्र करिब ७२ हजार स्टिम गुलाब खपत हुने अनुमान छ । बाँकी ४८ हजार स्टिम गुलाब काठमाडौं भ्याली बाहिराको सहरहरुमा खपत हुने एशोसिएसनको अनुमान छ ।
बजार मागको २० प्रतिशत आन्तरिक उत्पादनबाट र ८० प्रतिशत आयात गरी पुरा माग हुने एशोसियसनले जानकारी दिएको छ । ९६ हजार स्टिम गुलाबको आयात भएको छ भने आन्तरिक आपूर्ति २४ हजार स्टिम मात्र छ । प्रेम दिवस अवधी भरीमा झण्डै १ करोडसम्मको व्यवसायीक कारोबार हुने अनुमान गरिएको छ । फूलको गुणस्तर अनुसार प्रति स्टिम उपभोक्त मुल्य ६० देखि १०० रुपैयाँको हाराहारीमा छ । गत बर्षको तुलनामा कोभिड-१९ को कारण स्थानीय उत्पादन र बजार मागमा पनि ४० प्रतिशतले कमि आएको छ । गत वर्ष प्रति स्टिम मुल्य ८० देखि १०० रुपैयाँको हाराहारीमा कारोबार भएको थियो ।
नेपालमा चाडपर्व बाहेकको सामान्य दिनमा प्रति दिन सरदर ८ हजार स्टिम गुलाब फूलको माग रहने गरेको छ भने मागको ८० प्रतिशत आन्तरिक उत्पादनबाट र बाँकी २० प्रतिशत मात्र अन्य देशहरुबाट आयात गरी परिपुर्ति हुन्छ । यस बर्ष कोभिड-१९ कारणले उत्पादन तथा बजार मागमा ४० प्रतिशतले कमी आएको छ । साथै फेब्रुवरी महिनामा पर्ने प्रेम दिवसको अवसरमा नेपालमा प्रतिकुल मौसम जाडो सिजन हुने भएकोले यहाँको गुलाब फूलको आन्तरिक उत्पादनमा कमि हुने भएको हुदा अधिक मात्रामा आयात गरी बजार माग पुरा गर्नु पर्ने स्थिती हुने गर्दछ ।
प्रेम दिवसको लागि हुने जम्मा बजार मागको भण्डै ६० प्रतिशत काठमाण्डौँ उपत्याकामा मात्र खपत हुने गर्दछ भने २० प्रतिशत पोखरामा र बाँकी २० प्रतिशत अन्य शहरहरुमा खपत हुने गर्दछ । नेपालमा गुलाब फूलको व्यवसायीक खेती मुख्य गरी काठमाण्डौ भ्याली भित्रको तिन जिल्ला, चीतवन, काभ्रेपलाञ्चोक रहेको छ भने अन्य जिल्लाहरुमा पनि गुलाब फूलको व्यवसायीक खेती बिस्तार हुने क्रममा रहेको छ ।

‘तल्लो मोदी–नयाँ मोदी प्रसारण लाइन’ निर्माण सुरु

जुम्लामा असिनापानीले स्याउका बिरुवामा क्षति

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

वैदेशिक सहायता परिचालन : शोधभर्ना समयमै उठ्दैन, आयोजना व्यवस्थापनमा पनि अनेक…
_doEuFZzJ7Y_fjncgro03k7obhwd4yvdkktu7a7g53boiylwlmussvwwrjwqv4ntxhtkpclq_T0L6btj8m8_db78seaefibuariwbzmftkz18klnvo1pobubbjlbu2zavvm3yyo3mfwaejw2.jpg)
एकान्तकुनामा खुल्यो नेपालकै ठूलो क्षेत्रफलमा फैलिएको इभेन्ट भेन्यू ‘म्याजेष्टिक…

देशकै सबैभन्दा बृहतका साथै सुविधासम्पन्नमध्येको एक एक्सपिरियन्स सेन्टरको स्थापना

प्रतिक्रिया