भागरथी भट्ट हत्या प्रकरण : छानबिन गर्न आयोगको टोली बैतडीमा

काठमाडौँ : बलात्कारपछि हत्या गरिएकी बैतडी दोगडाकेदार गाउँपालिका-७ की भागरथी भट्टको घटनाको अनुगमन गर्न राष्ट्रिय मानव अधिकार आयोगको टोली घटनास्थलतर्फ गएको छ । आयोगले आइतबार विज्ञप्ती जारी गर्दै प्रदेश कार्यालय धनगढीबाट आयोगको टोली घटनास्थलतर्फ गएको जानकारी दिएको हो ।आयोगले जिल्ला प्रहरी कार्यालय बैतडीलाई घटनाको अनुसन्धान तथा पछिल्लो अवस्थाबारे जानकारी माग गरेर पत्राचारसमेत गरेको विज्ञप्तीमा उल्लेख छ ।
‘विद्यालयबाट घर फर्कने क्रममा खोचलेक गिरेगाडा ग्रामीण सडकअन्तर्गत लवलेक जंगलमा विभत्स हत्या गरी निजलाई फालिएको बुझिएको छ,’ आयोगको विज्ञप्तीमा भनिएको छ, ‘बैतडी लगायत विभिन्न पहाडी तथा हिमाली जिल्लाहरूमा विद्यार्थीहरूले धेरै टाढा पैदलै भौगोलिक दूरी पार गरी शिक्षा हासिल गर्नुपर्ने बाध्यता रहेको अवस्थामा शान्ति सुरक्षाको अभावमा हुने यस प्रकारका घटनाले बालबालिकाको बाँच्न पाउने, संरक्षित हुन पाउने र बालविकासको अधिकारमा अवरोध उत्पन्न भई बाल मनोविज्ञानमा नकारात्मक असर परेको देखिन्छ ।’
मानव अधिकारको विश्वव्यापी घोषणापत्र १९४८, नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि १९६६, बाल अधिकारसम्बन्धी महासन्धि १९८९ तथा नेपालको संविधान एवं प्रचलित अन्य कानुनले प्रत्येक व्यक्तिको सम्मानपूर्वक बाँच्न पाउने, सुरक्षित रहन पाउने तथा न्याय प्राप्तिको अधिकारको प्रत्याभूति गरेको छ ।
उक्त घटनाको तत्काल निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न, अनुसन्धानको क्रममा साक्षीको सुरक्षा र प्रमाण संकलनमा विशेष सावधानी अपनाउन, घटनामा संलग्न दोषीको शीघ्र पहिचान गरी कानुनी दायरामा ल्याउन र पीडित परिवारलाई अन्तरिम राहतसमेत उपलब्ध गराउन आयोगले सरकारलाई आग्रह गरेको छ ।

डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने सुजिता अधिकारी पक्राउ

सुत्नुअघि लगाउनु होस् यी पाँच चीज, बिहानै पाइनेछ छालामा चमक

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य
जस्टिस समिट २०२५ सम्पन्न, जातीय विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वय…

निरञ्जन अखाडाका स्वामी कैलाशानन्दद्वारा चन्द्रागिरि भालेश्वर महादेवको दर्शन
_KKtj27663v_1dmzyngsgysabhqjzrpkqi76svsveecldgriaqxssf93e0vdsyrkpunw3j1n_vQJk2V9Is5_3e6h2oo6v0werbcskyo2kxbtvoqo4kr2ytovm510uaowyqjzg7nnpxfhfn8r.jpg)
पाकिस्तानी दूतावास अगाडि प्रदर्शन : पहलगाम आतंककारी आक्रमणमा संलग्नलाई संरक्षण…
_NbfPSYuiJB_frkbn6gi331gyyahchrurejbee0bphyv8jgffjr0cwxutxmo3brvtlxoqp54_6co2QPkzoF_uqkm9he1xwff7xdeler77nrvtuhqdl84s2qlvsylyyqmfjxufekcqsthzlr1.jpg)
भारतीय दूतावास अगाडि प्रदर्शन, 'शान्तिको कुनै विकल्प हुँदैन, युद्धमा कसैले पन…

प्रतिक्रिया