सत्ता पक्षकै सांसद्द्वारा अवरोध, दुई मिनेटमै स्थगित

विराटनगर : प्रदेश १ सभाको बैठक स्थगित भएको छ । आइतबारको बैठकमा सत्तापक्षका पक्षका सांसदहरूले विरोध जनाएपछि बैठक कार्यसूचीमा प्रवेशै नगरी स्थगित भएको हो ।
अपराह्न सुरु भएको बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले बैठक प्रारम्भ भएको घोषणा गर्न नपाउँदै मुख्यमन्त्री शेरधन राई पक्षधरले उठेर बैठक अवरुद्ध पारेका हुन् । ओली पक्षका सांसद्ले उठेर विरोध जनाएपछि दुई मिनेट पनि नबसी बैठक स्थगित भएको हो ।
ओली पक्षका सांसद्ले १६ जना सांसद्लाई कारबाही गरिएकोले उनीहरू रहेसम्म बैठक सन्चालन गर्न नहुने अडान राखेका थिए । अर्को बैठक फागुन ९ गते दुई बजे बस्ने तय भएको छ ।
आजको बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव पेश गर्ने कार्यसूची थियो । कार्यव्यवस्था तथा परामर्श समितिको बैठकले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव सदनमा पेश गर्ने कार्यसूची तय गरेको थियो ।
यसअघि माघ ७ गते बोलाएको बैठक ३ मिनेट बसेर स्थगन भएको थियो । मुख्यमन्त्री राईविरुद्ध गएको पुस १२ गते प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता भएको थियो ।

चन्दा सङ्कलन गरेर विद्यालयलाई बस

१५ लाख भारुसहित एक जना पक्राउ

अन्तरजातीय विवाह गर्ने ४० जोडीलाई सम्मान

कोशी प्रदेशमा गणतन्त्र दिवस तीन दिन मनाइने

मकालु हिमाल आरोहण गर्ने क्रममा एक अमेरिकी नागरिकको मृत्यु

सडकको चट्टान फोर्न ‘केमीकल’ प्रयोग गरिने
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_kGXZ6ajNij_rgudjoumwxnoesu0chwtj4pazcqqocrstbxinc1r8ntxslaponaf6e9utjln_k7mj0XF0Az_wwmb6mqdox3vmcf8zfy7h2grhjvulj1bphymc0jxsjazwzlnub5br65x4e3c.jpg)
ब्राउन सुगर समाउन झापामा प्रहरीले गोली चलायो

प्रतिक्रिया