इटालीमा हरियो रंगको कुकुर जन्मिएपछि...

यो वर्ष पहिलेभन्दा धेरै अनौठा घटनाहरू भए । इटलीका एक कृषक क्रिस्टियन मालोस्सीले त्यस्तै एउटा अनौठो घटना देखे। उनले पालेको स्पेलाच्चियो नामक पोथी कुकुरले जन्माएका पाँच बच्चामध्ये एउटा हरियो रङ्गको छ ।
भूमध्यसागरस्थित सार्डिनिया टापुमा जन्मिएको त्यो अद्भुत छाउराको नाम पिस्टाचियो राखिएको छ । पिस्टाचियोसँगै जन्मेका अरू छाउराछाउरीको रौँ आफ्ना माउको जस्तै सेतो छ । हरियो रौँ भएको कुकुरको जन्म दुर्लभ मानिन्छ । गर्भमा हुँदा बिलिभर्डिन नामक हरियो रङ्गका कारण उसको रौँ हरियो भएको भन्ठानिएको छ ।
तर बिस्तारै पिस्टाचियोको रङ्ग उड्न थालिसकेको र यो क्रम कायम रहने बताइएको छ । मालोस्सीले पिस्टाचियो आफूले पाल्ने तर अरू छाउरा अरू मानिसलाई पाल्न दिने निर्णय गरेका छन् । हुर्केपछि पिस्टाचियोलाई भेडीगोठमा प्रयोग गर्ने उनको विचार छ । (बीबीसी)

इरानको सुरक्षा व्यवस्थामा नयाँ सुधारः ‘रक्षा परिषद्’ गठन हुने सम्भावना

गाजावासीलाई नगद सहायता दिइए पनि बजारमा खाद्यान्न अभाव : संयुक्त राष्ट्रसंघ

जापानको बेरोजगारी दर २.५ प्रतिशतमै स्थिर

नाइजेरियामा जिहादी आक्रमण : १५ किसान र बालबालिकाको हत्या

गाजामा मानवीय संकट चरममा : संयुक्त राष्ट्रसंघ

इरानसँग सबन्ध राखेको भन्दै ट्रम्पले लगाए ६ भारतीय कम्पनीमाथि प्रतिबन्ध

प्रतिक्रिया