तेन्जिङमाथि पूर्व राष्ट्रपति ओबामाले बनाउने फिल्मको तेन्जिङका छोरा निर्माता

काठमाडौं : अमेरिकी राष्ट्रपति बाराक ओबामाको कम्पनी हाइअर ग्राउन्डस् प्रडक्सनले नेटफ्लिक्ससँग मिलेर नेपालका प्रथम सगरमाथा आरोही तेन्जिङ नोर्गेमाथि फिल्म बनाउने भएको छ । हाइअर ग्राउन्डस्ले शनिबार एक साथ ६ वटा फिल्म तथा सिरिजको घोषणा गर्दै तेन्जिङको जीवनीमा पनि फिल्म बनाउने घोषणा गरेको हो । फिल्मको नाम ‘तेन्जिङ’ रहने जनाइएको छ ।
तेन्जिङले न्युजिल्यान्डका एडमन्ड हिलारीसँग मिलेर सन् १९५३ मा पहिलो पल्ट सगरमाथा आरोहण गरेका थिए । उनको आरोहणसँगै उनको जीवनीका विविध पक्ष समेटी लेखिएको पुस्तक ‘तेन्जिङ ः हिरो अफ एभरेस्ट’मा आधारित रही फिल्म तयार हुनेछ ।
फिल्मलाई जेनिफर पेडमले निर्देशन गर्नेछिन् । जेनिफरले यसअघि सन् २०१३ मा भएको खुम्बु आइसफललाई केन्द्रमा राखेर ‘शेर्पा’ शीर्षकको डकुमेन्ट्री बनाएकी थिइन् । यसबेला १६ जना शेर्पाको ज्यान गएको थियो ।
तेन्जिङमाथि बन्ने फिल्मलाई ‘लायन’ लेख्ने अष्ट्रेलियन लेखक लुक डेभिसले लेखिरहेका छन् । जेनिफर र लुक फिल्मका निर्माता पनि हुन् । फिल्मको निर्माणमा अमेरिकाको सनफ्रान्सिस्कोमा बसोबास गर्ने तेन्जिङका छोरा नोर्बु तेन्जिङ नोर्गेको पनि सहभागिता रहनेछ ।
नोर्बु फिल्ममा कार्यकारी निर्माताको भूमिकामा रहने नेटफ्लिक्सले जनाएको छ । ओबामा दम्पतीले सन् २०१८ मा फिल्म तथा सिरिज बनाउने उद्देश्यसहित प्रडक्सन कम्पनी खोलेका थिए ।
एडमन्ड हिलारीका साथ प्रथम सगरमाथा आरोही तेन्जिङ

श्रद्दा कपुर बनिन बलिउडकै सबैभन्दा महंगो महिला कलाकार

लेडी गागा कन्सर्टमा २० लाख बढी सहभागी, ७५ मिलियनकाे काराेबार

‘ऊनको स्वीटर’ वर्षौंसम्म सम्झिने चलचित्र बनेको छ : अभिनेता विपिन कार्की

टिमलाई सम्मान र सांस्कृतिक कार्यक्रमसहित 'अञ्जिला'ले साट्यो सफलता, बायोपिकमा क…

नेपाल वाङमय परिषदद्वारा विभिन्न स्रष्टा सम्मानित

शाहरूख बने संसारकै चौथों धनी सेलिब्रेटी

अश्लिलता बढाएपछि ‘उल्लु एप’का सिइयो र होस्टमाथि कारबाही सुरू

प्रतिक्रिया