कार्यवाहक वडाध्यक्षको कोठामा युवती मृत फेला
बाहिरबाट ताल्चा लगाइएको अवस्थामा फेला पर्यो शव

कैलाली : कैलालीमा एक जनप्रतिनिधिको कोठामा युवती मृत फेला परेकी छन् । जिल्लाको गौरीगंगा नगरपालिका-३ का कार्यवाहक वडाध्यक्षसमेत रहेका निरज चौधरीको कोठामा २२ वर्षीय सञ्जिता चौधरी मृत अवस्थामा फेला परेकी हुन् ।
चौधरीको कोठामा बाहिरबाट ताल्चा लगाएको अवस्थामा शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले घटनास्थलमा ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीको नेतृत्वमा टोली खटाइएको बताए ।
घटनापछि कार्यवाहक वडाध्यक्ष चौधरी भने सम्पर्कविहीन भएका छन् । मृतकका आफन्तले चौधरीसंग प्रेम सम्बन्ध रहेको बताएका छन् । वडाध्यक्ष नरेन्द्र शाहको केही महिनाअघि कोरोना भाइरसका कारण मृत्यु भएको थियो । त्यसपछि वडा सदस्य चौधरीलाई कार्यवाहक अध्यक्षको जिम्मा दिइएको थियो ।

अवैध लागूऔषध खैरो हेरोइनसहित एक जना पक्राउ

सुर्नयामा १० श्ययाको अस्पताल निर्माण हुँदै
शुक्लाफाँटाको सबै वडामा माटोको नमूना परीक्षण
मोबाइल र टर्च चार्ज गरेको १० रूपैयाँ !

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटकीय गन्तव्य

६ महिनामा दुई हजार बढी पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

व्यावसायिक कृषिमा ‘ड्रोन’को प्रयोग

प्रतिक्रिया