मंगलबार २३ बैशाख, २०८२
Tuesday, May 06, 2025

निर्माण व्यवसायीहरुको सम्मेलन सकियो

काठमाडौं :  छड उत्पादक कम्पनी अम्बे स्टील्सद्वारा आयोजित निर्माण व्यवसायसम्बन्धी कन्ट्रयाक्टर सम्मेलन २०७७ सम्पन्न भएको छ । शुक्रबारका दिन सल्लाघारको भक्तपुर ब्यान्क्वेटमा सम्पन्‍न भएको हो । 

सल्लाघारीमा कन्ट्रयाक्टरहरुसँग कार्यक्रममा कम्पनीका तर्फबाट कन्ट्रयाक्टरहरुलाई नेपालमा टि.एम.टि छडको प्रयोग गर्दा अनिवार्य पालना गर्नुपर्ने सावधानीहरु बारेमा जानकारी प्रदान गरिनुका साथै टि. एम. टि छड बेण्डिङ्ग गर्ने तरीकाको बारेमा विस्तृत जानकारी प्रदान गरिएको थियो ।

कार्यक्रममा कम्पनीका प्रतिनिधिले उच्च गुणस्तरको कच्चा पदार्थ नै राम्रो टि.एम.टि छड उत्पादनको प्रमुख श्रोत भएको उल्लेख गरे । कच्चा पदार्थमा हुनपर्ने अत्यावश्यक तत्वहरुलाई उचित तवरले मिश्रण गरी त्यसमा आउने खराब तत्वहरु सल्फर फोस्फोरसलाई न्युनिकरण गरेर बनाइएको कच्चा पदार्थलाई अत्याधुनिक प्रविधिको प्रयोगबाट बनाइएको टि.एम.टि छड नै निर्माण कार्यको लागि उपयुक्त भएको बताएका छन् । अम्बे स्टील्स्ले आफ्नो भैरहवा र नेपालगञ्ज मा अवस्थित दुईवटा फ्याक्ट्रीबाट दैनिक १४०० टन छड उत्पादन गरिरहेको छ ।