संगीताको ‘आइसक्रिम’ अफ्रिकन फिल्म फेस्टिभलमा

काठमाडौं : यौन उत्पीडनलाई विषय बनाएर चलचित्र ‘कथा काठमाडौं’ निर्देशन गरेकी संगीता श्रेष्ठको लघु चलचित्र ‘आइसक्रिम’ ‘अफ्रिका फिल्म फोर इम्प्याक्ट फेस्टिभल’ मा छानिएको छ । नोभेम्वर ३ मा देखि सुरु हुने फेस्टिभलको पहिलो दिन नै फिल्म प्रदर्शन हुनेछ ।
कोरोना महामारीका कारण भर्चुअल रुपमा हुने फेस्टिभलमा पहिलो दिन नै आफ्नो चलचित्र स्क्रिनिङ हुने श्रेष्ठले बताइन् । ‘अन्तराष्ट्रिय फिल्म फेस्टिभलमा प्रदर्शनका लागि छनौट हुँदा एकदम खुशी छु,’ उनले भनिन्, ‘मैले उठान गरेको विषय संसारभर पुग्दैछ । निकै उत्साहित पनि छु ।’
फिल्ममा सडकमा पैसा माग्दै हिँड्ने एक बालिकाको कथा समेटिएको छ । समाजको अँध्यारो पक्षलाई समेटेर आफूले चलचित्र बनाएको श्रेष्ठले बताइन् । ‘ आइसक्रिम’ले हाम्रो समाजका छोरीहरू बलात्कार, यौन शोषणमा कसरी पर्छन् भन्ने देखाएको छ । फेस्टिभलको मुख्य उद्देश्य पनि यस्तै कथामा बनेका चलचित्रलाई स्थान दिने रैछ, ’ श्रेष्ठले भनिन् ।
श्रेष्ठका अनुसार यो चलचित्र अमेरिकाको ‘बेस्ट अफ ल्याटिन अमेरिका सर्ट फिल्म फेस्टिभल’, युकेको ‘फस्ट टाइम फिल्ममेकर सेसन्स’, इटालीको इन्टिमलेन्ट फिल्म फेस्टिभल र नेपालको मानव अधिकार फिल्म फेस्टिभल २०२० मा पनि छनोट भइसकेको छ ।
नौ मिनेट लामो फिल्ममा योगिशा खत्रीले मुख्य भूमिका निभाएकी छन् । संगीताले ‘कथा काठमाडौं’ बाहेक थुप्रै म्यजिक भिडियो, वृत्तचित्र तथा लघु चलचित्र निर्देशन गरेकी छन् । चलचित्र बाल यौन शोषणमाथि आधारित छ । ३ नोभेम्बरदेखि सुरु भएको फेस्टिभल ८ मा सकिनेछ ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया