चार लघुवित्तको सेयरमा सकारात्मक सर्किट

काठमाडौं : आइतबारको नेप्से कारोबारमा चार वटा लघुवित्त वित्तीय संस्थाहरूको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । १० प्रतिशतले मुल्यवृद्धि भएर ती कम्पनीको कारोबार रोकिएको हो ।
मेरो माइक्रोफाइनान्स लघुवित्त, गणपति लघुवित्त, आरएसडीसी लघुवित्त र डेप्रोस्क लघुवित्तको सेयर मुल्यमा उच्चदरमा वृद्धि आएपछि कारोबार रोकिएको छ । एक सय ६ अंकले बढेको मेरो माइक्रोफाइनान्स लघुवित्तको सेयर मुल्य एक हजार १ सय ६६ रुपैयाँ पुगेको छ ।
गणपति लघुवित्तको सेयर मुल्य १ सय ६५ रुपैयाँले बढेर एक हजार ८ सय १५ रुपैयाँ पुगेको छ । ८६ रुपैयाँले बढेको आरएसडीसी ९ सय ४६ रुपैयाँ प्रति कित्ता पुगेको छ । त्यस्तै डेप्रोस्कको मुल्य प्रति कित्ता २ हजार २ सय रुपैयाँ पुगेको हो ।

‘हाइ इन्ड’ पर्यटक तान्दै मेघौली

गभर्नर सिफारिस समितिको बैठक अन्तिम समयमा पुनः स्थगित

सुनको मुल्यमा ६ सय रूपैयाँले वृद्धि

२१ दशमलव तीन मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजना अन्तिम चरणमा

धरान स्मार्ट बसपार्क चाँडै सञ्चालनमा आउने, ९८ भौतिक र ९६ प्रतिशत वित्तीय प्रगति

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

मुस्ताङमा चार महिनामा ५१ हजार विदेशी पर्यटक

प्रतिक्रिया