मौसममा सुधार, अब चिसो कम हुँदै जाने

काठमाडौँ : आसपासका अग्ला डाँडामा हिँउ परेसँगै आज बिहान काठमाडौँको न्युनतम तापक्रम एक डिग्री सेल्सियससम्म पुगेको थियो । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको मापनमा त्यस्तो देखिएको हो । आज बिहान काठमाडौँमा अधिक चिसो महसुससमेत भएको थियो ।
हुनत काठमाडौँमा यो वर्ष अति चिसो भएको दिन गत पुस १६ मा न्यूनतम तापक्रम ०.८ डिग्री सेल्सियस थियो । आज बिहान साढे छ बजेसम्म एक डिग्री रहे पनि क्रमश: बढ्दै गएको र न्यानो अनुभव भइरहेकाे छ ।
साढे सात बजेको न्यूनतम तापक्रम बढेर दुई डिग्री भएको थियो । अहिले अलिक चिसो भएपनि मध्यान्नपछि अझ न्यानो हुने अनुमान मौसमविदहरूको छ । पश्चिमी वायुको प्रभावले तीन दिनदेखि पश्चिम नेपालबाट मौसम बदली सुरु भएको र अहिले पूर्वी नेपालबाट बाहिरिसकेकोले मौसमा सुधार हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी वायुको न्युन चापीय प्रणालीको प्रभावका कारण धेरैजसो स्थानमा हिउँदे वर्षा हुनुका साथै उच्च पहाडी भागहरुमा हिउँ परेको थियो । हाल मुलुकको मध्य र पूर्वी तराईका थोरै स्थानहरूमा र पश्चिमी तराईका एक दुई स्थानमा हुस्सु र कुहिरो पनि लागेको छ ।
काठमाडौं उपत्यका वरपरका अग्ला डाँडाहरुमा पनि हिउँ पर्दा चिसो महसुस भएको हो । पश्चिमी वायुको यो प्रभाव हटेपछि गर्मी याम नै सुरु हुने हुनाले यो वर्षको जाडो यही हिमपातसँगै सकिएको अधिकारीहरूको धारणा छ ।

एमसिसीअन्तर्गतका योजना कार्यान्वयनलाई निरन्तरता दिने निर्णयको स्वागत

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

सेनाको ‘हायर कमाण्ड तथा म्यानेजमेन्ट’ तालिम सम्पन्न

कर्णाली विकास बैंक घोटाला प्रकरणमा पशुपति दयाल मिश्र पक्राउ

मङ्गलाका किसानलाई एक सय ८२ थान मिनिटेलर, मिल र थ्रेसर वितरण
असार १८ देखि २० गतेसम्म भारी वर्षाको सम्भावना

स्वस्तिश्री गुरुकुल आईबी वर्ल्ड स्कुलद्वारा 'एसजीमुन ४.०' आयोजना गर्दै

प्रतिक्रिया