कार्की फर्केको भोलिपल्ट राजदूत खतिवडा डीसीमा

अमेरिका : अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडा शनिबार अमेरिका आइपुगेका छन् । उनले साेमबारदेखि आफ्नाे कार्यभार सम्हाल्ने छन् भने ओहाेदाको प्रमाण पत्र बुझाएपछि मात्र उनले अन्य भेटघाट थाल्नेछन् ।
नवनियुक्त राजदूत खतिवडाको स्वागतका लागि राजदूतावासका कर्मचारी, अवैतनिक महावाणिज्यदूतहरू लगायत बिमानस्थल पुगेका थिए । पूर्वराजदूत डा. अर्जुन कार्की फर्के लगत्तै खतिवडा अमेरिका आईपुगेका हुन् । पूर्वराजदूत कार्की शुक्रबार नेपाल फर्किएका हुन् ।
नवनियुक्त खतिवडा अमेरिका आइपुगेसँगै अमेरिकामा रहेको नेपाली समुदायले अर्थविद्का रूपमा अब्बल भूमिका निर्वाह गर्न सक्ने लिए पनि राजनीतिक आशीर्वादमा रहेका व्यक्तिको सूचीमा उनी छन् । खतिवडाको कार्यकालमा मुलुकको अर्थतन्त्रमा बिशेष टेवा पुग्ने विश्वास सरकारको रहेपनि उनको विगतका नियुक्ति, कार्यशैली र एनसेलको अमेरिकामा रहेको मुद्दाको विषयले उनी अमेरिका पुग्दै विवादित छन् ।
खतिवडा अर्थमन्त्री रहँदा एनसेल मुद्दामा नेपालको तर्फबाट प्रतिवादी समेत नराखेर एनसेललाई सहयोग गरेको आराेप छ । नवनियुक्त राजदूत खतिवडा पूर्व अर्थ र सञ्चारमन्त्री मात्र होइनन, उनले अधिकांश लाभको पद लिइसकेका छन् । नेपाल राष्ट्रबैंकका गर्भनर, राष्ट्रिय योजना आयोगकको उपाध्यक्ष भएर काम गरिसकेका उनी प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वास पात्र हुन ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया