सुदूरपश्चिममा १५ हजारले लगाए काभिडविरुद्धको खोप

धनगढी : सुदूरपश्चिम प्रदेशमा पहिलो चरणको कोभिड-१९विरुद्धको खोप अभियान सकिएको छ । पहिलो चरणमा सुदूरपश्चिमका लागि ३६ हजार डोज खोप उपलब्ध भएकोमा अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मी, महिला स्वस्थ्य स्वयमसेविका, एम्बुलेन्स र शव बाहन चालक, बृद्धाश्रममा बस्ने व्यक्ति, कैदीबन्दी र सुरक्षाकर्मी गरी झण्डै १५ हजार व्यक्तिलाई खोप लगाइएको छ ।
प्रदेशभर १३ खोप केन्द्रमार्फत खोप लगाइएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले जानकारी दिए । पहिलो चरणको पहिलो खोप अभियान सकिएसँगै दोस्रो चरणको खोप अभियानका लागि तथ्यांक संकलन सुरु भएको उनले बताए ।
प्रहरी, नेपाल आर्मी, सशस्त्र प्रहरी, यातायातकर्मी, भिडभाड हुने कार्यालयका कर्मचारीलाई दोस्रो चरणमा खोप लगाउने तयारी रहेको कार्कीले बताए ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया