फेवाको ड्याम मर्मत सुरु

पोखरा: फेवाको नीलो पानीमाथि डुंगा सयर गर्दा सबैको मन फुरुङ्ग हुन्छ । पानी छुँदै, छचल्क्याउँदै तालबाराही मन्दिर पुग्न र फेवाताललाई फेरो लगाउन नै पर्यटकहरू देश-विदेशबाट फेवा पुग्छन् । तर शनिबार त्यहाँ पुगेका पर्यटकलाई त्यसको भरपुर आनन्द भने लिन पाएनन् ।
कारण हो- फेवाको केही भाग हिलाम्मे बनाइएको छ । फेवाको त्यो हिलाम्मे भागमा कोही माछा मारिरहेका थिए भने बच्चाहरू खेल्दै थिए । २०-२५ जना हिलोमै काम गरिरहेका थिए । केही पर्यटकहरूले हिलोमाथिबाट डुंगामा यात्रा गरे । फेवाको पानी रोक्ने मुख्य ड्याम मर्मतसम्भार गर्न तालको पानी पनि घटाइएको छ ।
२०३५ सालमा बनेको ड्याम मर्मत गर्न फेवाको २ मिटर पानी घटाइएको हो । तीन दशकअघि बनेको ड्यामलाई बेलाबखतमा मर्मत गर्ने गरिए पनि ठूलो मर्मत हुन सकेको थिएन । प्रदेश सरकारले फेवा ड्याम मर्मतका लागि गत आर्थिक वर्षमै बोलपत्र आह्वान गरेको थियो । तर कोभिड-१९का कारण काम हुन सकेको थिएन ।
‘हिजो (शुक्रबार) पानी घटायौं, २ मिटर डाउन गएर काम गर्ने हो, गेटको रबरसिल पनि बनाउँछौं,’ जलस्रोत तथा सिँचाइ विकास डिभिजन कास्कीका प्रमुख इन्जिनियर किरण आचार्यले भने । ड्याम मर्मत नगरिँदा तलको भाग काम नै नलाग्ने गरी बिग्रिएको पनि उनकाे धारणा छ । आचार्यका अनुसार बाँधको तल डबल स्टिम रोटेसन राखिनेछ ।
प्रदेश सरकारको २ करोड रुपैयाँ बजेटमा काम भइरहेको हो । एक करोड ड्याम र एक करोड रुपैयाँ नहर मर्मतमा खर्च गरिने आचार्यले जानकारी दिए । फेवाको ड्याम २०१९ सालमा बाँधिएको थियो । तर उक्त ड्याम २०३१ सालमा फुटेपछि ३५ सालसम्म अहिले रहेको ड्याम निर्माणको काम भएको थियो ।

प्रदूषण नियन्त्रणका लागि अनुगमन बढाइने

हिमतालको संरक्षण र मौसम पूर्वानुमान प्रणालीलाई सुदृढ बनाउन सरकार प्रतिबद्ध छ …

यी पाँच प्रदेशमा हावाहुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह

सगरमाथा आरोहणको तयारी तीब्र, बाटो बनाउन ‘आइसफल डाक्टर’

उपत्यकासहित ठाउँठाउँमा वर्षा

देशका अधिकांश भागमा आज मौसम सफा रहने

पर्याप्त वर्षा नहुँदा काठमाडौंको आकाश खुलेन

प्रतिक्रिया