पूर्वराष्ट्रपति ट्रम्पलाई कूटनीतिक ब्रिफिङ नगर्न वाइडनको निर्देशन

काठमाडौँ : अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई कूटनीतिक ब्रिफिङ नदिने जानकारी राष्ट्रपति जो वाइडनले दिएका छन् । एक अन्तर्वार्तामा वाइडनले उनी पूर्व राष्ट्रपति भए पनि उनका अस्थिर र अनिश्चित व्यवहारका कारण त्यस्तो ब्रिफिङ दिन नसकिने उल्लेख गरेका हुन् ।
उनले त्यस्तो ब्रिफिङ ट्रम्पलाई नगर्न सम्वन्धित निकायलाई समेत निर्देशन दिइसकेका छन् । सीबीएस न्यूजसँगको अन्तर्वार्तामा ४६ औं राष्ट्रपति वाइडनले ४५ औँ राष्ट्रपतिलाई महत्वपूर्ण कूटनीतिक जानकारी दिन उपयुक्त नहुने बताएका हुन् ।
अमेरिकामा सबै पूर्वराष्ट्रपतिलाई राष्ट्रिय सुरक्षा सम्बन्धी जानकारी दिने परम्परा छ । राष्ट्रपतिको कार्यकालपछि पनि उनीहरूलाई सुरक्षासँगै मुलुकको कूटनीतिक जानकारी दिने प्रचलन अमेरिकामा छ । ट्रम्पलाई सुरक्षा दिए पनि कूटनीतिक जानकारी नदिने वाइडन प्रशासनले स्पष्ट धारणा बाहिर ल्याएपछि यसमा थप बहस हुने भएको छ ।
अमेरिकाकाे नेतृत्व सम्हालेका वाइडनले उनको कार्यकालमा त्यस्तो ब्रिफिङ ट्रम्पलाई नदिए पनि अन्य पूर्व राष्ट्रपति यसबाट बन्चित हुने छैनन् । पूर्वराष्ट्रपति ट्रम्पको चार वर्षे कार्यकालमा अमेरिकाको कुटनीति अन्य मुलुकसँग तनावपूर्ण रहेको राष्ट्रपति वाइडनको तर्क छ।

पाकिस्तानी प्रधानमन्त्रीको नीजि जीवनः चार पत्नीमा लेखिकादेखि मोडेलसम्म
किभमा रुसी हमलामा १४ जनाको मृत्यु, दर्जनौँ घाइते
फ्रान्सका पूर्वप्रधानमन्त्री फिलनलाई पत्नीको नक्कली जागिर प्रकरणमा जेल सजाय
भारतद्वारा आफ्ना नागरिकहरूलाई तेहरान छोड्न चेतावनी जारी

अस्ताना सम्मेलन मध्य एसियाको ’शाश्वत’ सम्बन्ध मजबुत बनाउने दिशामा कोशेढुङ्गा : …
तेहरानमा इन्टरनेट सेवा अवरुद्ध

'ट्रम्पले इरानविरुद्ध थप कदम चाल्न सक्छन्'

प्रतिक्रिया