काश्मिरमा तीन बिजेपी कार्यकर्ताको हत्या

काश्मिरमा बिहीबार साँझ भारतीय जनता पार्टी (बिजेपी) का तीन कार्यकर्ताको हत्या भएको छ । स्थानीय प्रहरीका अनुसार लडाकु समूहले फिदा हुसेन, उमर रशिद बेग र ओमार रामजान हजामको गोली हानी हत्या गरेको हो ।
उनीहरुको हत्या दक्षिणी काश्मिरको कुलगाम जिल्लामा भएको भारतीय अखबार दि टेलिग्राफले जनाएको छ । अस्पताल पुर्याएलगत्तै तीन जनालाई नै मृतक घोषण गरिएको थियो । पछिल्ला महिनाहरुमा राजनीतिक कार्यकर्तामाथि बढ्दै गएको आक्रमणले काश्मिर उपत्यकामा त्रास बढेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
यता बिजेपीका अनुसार तीनै जना पार्टीको युवा सगंठनसँग आवद्द थिए । बिजेपीले हत्याको भत्र्सना गर्दै संलग्न जो सुकैलाई पनि कारबाहीको दायरामा ल्याउने बताएको छ । जम्मु काश्मिरबाट आर्टिकल ३७० हटाएसँगै बिजेपी कार्यकर्तामाथि आक्रमण बढिरहेको छ । गत जुलाईमा मात्रै तीन बिजेपी कार्यकर्ताको हत्या भएको थियो । लडाकु समुहले काश्मिरको बन्दिपोरा जिल्लाका बासिन्दा वासिम बारी, उनका पिता बसिर अहमद र भाई उमर बशिरको हत्या गरेका थिए ।
बिजेपी कार्यकर्ता भएकै कारण आक्रमणमा पर्न थालेपछि कयौ कार्यकर्ताले पार्टी छाड्न थालेको सञ्चार माध्यमले जनाएका छन् । पछिल्ला आक्रमणहरुले पार्टीका कार्यकर्तामा त्रास फैलिएको र कतिपयलाई सुरक्षित स्थानतर्फ सारिएको बिजेपी स्रोतले बताएको छ ।
बिजेपीको स्थानिय नेतृत्वका अनुसार, बिहिबार मारिएका कार्यकर्ताले यसअघि सुरक्षाका लागि प्रहरीमा निवेदन दिएका थिए । लश्कर ए ताईबासँग आबद्द रहेको मानिएको स्थानीय सगंठनले हत्याको जिम्मेवारी लिएको छ ।
दि रेस्सिटेन्स फ्रन्ट नाम गरेको सगंठनले सामाजिक सञ्जालमा विज्ञप्ती जारी गर्दै बिजेपीका अरु कार्यकर्ताको पनि हत्या गर्ने धम्की दिएको छ । बिजेपीका जम्मु काश्मिर प्रमुख रबिन्दर रैनाले हत्याराहरु पाकिस्तानबाट सञ्चालित रहेको आरोप लगाएका छन् । (दि टेलिग्राफको सहयोगमा)

अमेरिकाद्वारा युक्रेनलाई तीन अर्ब १० करोड बराबरको सैन्य सहयोग घोषणा

गाजामा इजरायली आक्रमण : तीन शिशुसहित ११ जनाको मृत्यु

दक्षिण कोरियाको कन्जरभेटिभ पार्टीद्वारा राष्ट्रपति पदका लागि उम्मेदवार घोषणा

भारतको गोवामा मन्दिरमा भागदौड मच्चिँदा छ जनाको मृत्यु, ५० जनाभन्दा बढी घाइते

क्यानडाको चुनावमा २२ पञ्जावी विजयी, संघीय संसदमा ६ प्रतिशत प्रतिनिधित्व

रोग नियन्त्रणमा अमेरिकी वैज्ञानिकको आधुनिक पहल

विश्व स्वास्थ्य सङ्गठनद्वारा गाजामा विनाशकारी अवस्थाको चेतावनी

प्रतिक्रिया