शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

भट्टको हत्या घटनामा गैरजिम्मेवार नबन्‍न सरकारलाई आग्रह

काठमाडौँ : नेकपा (दाहाल-नेपाल समूह)ले बैतडीको दोगडाकेदार गाउँपालिका-७ चडेपानीकी भागरथी भट्टको बलत्कारपछि हत्या भएको घटनाले पार्टी स्तब्ध भएको बताएको छ । विद्यालयबाट फर्कदै गरेको बेला भट्टमाथि भएको अमानवीय र पाशविक कुकृत्यको पार्टीले घोर भर्त्सना गरेको छ । 

पार्टीका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार दाहालले शनिबार विज्ञप्ति जारी गरेर यो घटनाले आम नागरिकलाई शान्ति सुरक्षा दिने राज्यसंयन्त्र असफल भएको तथ्यलाई प्रमाणित गरेको उल्लेख गरेका छन् । विगतमा निर्मला पन्तको हत्या घटनाको अनुसन्धान जस्तै यो घटनामा पनि गैरजिम्मेवार नबन्‍न सरकारसँग आग्रह गरेका छन् । 


उनीहरूको विज्ञप्ति यस्तो छ :