थप दाइजो नपाएपछि दुई वर्षदेखि श्रीमतिलाई यातना
प्रहरी भन्छ : पटक-पटक सहमति गरायौं, मिल्ने अवस्था देखिएन

जनकपुरधाम : बलवा नगरपालिका-६ बनौटाकी २५ वर्षीया अनितादेवी साहलाई थप दाइजो नल्याएको भन्दै घर परिवारले विस्थापित गरिदिएका छन् । घरबाट विस्थापित भएपछि साह न्याय खोज्दै विभिन्न संघ संस्थामा भौतारिरहेकी छन् । महिनौदेखि घरबाट शारिरीक र मानसिक यातना खेप्दै आएकी साह दुई वर्षे बालक बोकेर न्याय माग्न विभिन्न संघ संस्थामा पुगिरहेकी हुन् ।
माइतसहित बिहीबँर जनकपुरमा पत्रकार सम्मेलन गर्दै थप दाइजो नदिइएको कारण श्रीमान मनिष साह, सासु र ससुरासमेतले महिनौदेखि कुटपिट गर्दै शारिरीक र मानसिक यातना दिंदै आएको उनले बताइन । 'सुरुमा थप दाइजो मागेर ल्याउ भनी यातना दिन्थे, अहिले तिमीभन्दा सुन्दर केटीसँग दोश्रो विवाह गरिसकेको छु । तिमी यहाँबाट जाउँ भन्दै कुटपिट गर्छन,' उनले भनिन्, 'श्रीमानले मात्र होइन सासु ससुरासमेतले हात खुट्टा बाँधेर मुखमा कपडा कोचेर कुटपिट गर्ने गर्को बताइन । उनको शरीरभरि घाउखत र निलडाम देखिन्थ्यो ।'
न्यायका लागि गएको असारमा इलाका प्रहरी कार्यालय बनौटा र जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि जनता समाजवादी पार्टीका प्रदेश सांसदद्वय सुरिता साह र जानकी साहको उपस्थितिमा अबदेखि यातना नदिने सहमति भएपनि त्यो कार्यान्वयन नभएको उनले बताइन् । त्यसयता पुनः पुरानै घटना दोहोरिएपछि जिल्ला प्रहरी कार्यालयको महिला सेल र बनौटा प्रहरी कार्यालयमा उजुरी दिए पनि सुनुवाइनभएको र के भयो भनेर सोध्न जाँदा प्रहरीले हप्काएर पठाउने गरेको दुःखेसो उनले सुनाइन् ।
चक्रघटना गाउँपालिका पररियाका विष्णुदेव साहले तीन वर्ष अघि २०७४ साल फागुन २५ गते छोरी अनिताको बिहे गरिदिएका थिए । बिहेमा साढे १२ लाख नगद, ५ लाखको गरगहना, डेढ लाखको लत्ताकपडासहित करीब २५ लाख खर्च भएको विष्णुदेवले पत्रकारहरूसँग भने । बिहेको केही दिनसम्म श्रीमान श्रीमतिबीच राम्रो सम्बन्ध रहेपनि त्यसपछि थप दाइजो ल्याउन भन्दै श्रीमान मनिष, ससुरा जयनारायण र सासुले यातना दिन सुरु गरेको अनिताले बताइन ।
अनिताले भनिन्, 'थप दाइजो मांगेर ल्याउ भन्थे । त्यो कुरा मैले माइतीसँग नमाग्दा गर्भवती रहेकै अवस्थामा घरभित्रै रस्सीले बाँधेर कुटपिट गर्थे । छोरा जन्मेपछि पनि यातना दिन रोकेनन् । अहिले श्रीमानले तिमीभन्दा सुन्दर केटीसँग म बिहे गरिसकेछु तिमी यहाँबाट जाउ, मलाई कसैले केही बिगार्न सक्दैन भन्छन् ।'
यातना सहन नसकेपछि अनिताले बुवालाई टेलिफोन गरेर बोलाइन् । बुवाकै सहयोगमा गएको असार महिनामा बनौटा स्थित प्रहरी कार्यालयमा उजुरी दिइन् । त्यहाँबाट केही सुनुवाइ नभएपछि जिल्ला प्रहरी कार्यालयमा उजुरी दिइन् । साउन ७ गतेका दिन सांसद्द्वय जानकी साह र सुरिता साहको रोहबरमा अबदेखि कुनै यातना नदिने, नागरिकता, विवाहदर्ता र बच्चाको जन्मदर्ता बनाईदिने लिखित सहमति नै भयो । तर त्यो आजसम्म कार्यान्वयन हुन नसकेको अनिताले बताइन् ।
सहमति अनुरुप नागरिकता बनाइदिन भनेपछि घरभित्र बाँधेर कुटपिट गर्दै आएको अनिताको भनाइ छ । सहमति कार्यान्वयनका लागि बनौटा प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय दुवैमा उजुरी दिए पनि कुनै रेस्पोन्स नपाएको अनिताले बताइन् । अनिताका बुवा जयनारायणले भने सहमति कार्यान्वयन र छोरीको जीवन रक्षाका लागि पटक-पटक बनौटा प्रहरी कार्यालयमा आग्रह गरेपछि त्यहाँका सइ रविन्द्र सिंहले अब यहाँबाट समस्या समाधान नहुँने भन्दै दुई साताअघि जनकपुरमा बस्न पठाए ।
मनिषले अनितालाई जनकपुर भ्रमरपुरा चौक नजिक डेरा लिएर राखे । डेरामा राखेको दुई दिनपछि सम्पूर्ण गरगहना र मोबाइलसमेत लिएर फरार भए । दुई सातासम्म भोखै प्यासै रहेकी श्रीमान फर्केर नआएपछि छिमेकीको मोबाइलबाट बुवालाई फोन गरेर बोलाएको अनिताले बताइन् ।
पत्रकार सम्मेलन पश्चात अधिवक्ता रेखा दत्तको सहयोगमा सुरक्षाका लागि ओरेक नेपालको सेफ हाउसमा अनितालाई राखिएको छ ।
घटनाबारे जानकारी माग्दा इलाका प्रहरी कार्यालय बनौटाका प्रमुख सइ रविन्द्र सिंहले आफूहरूले पटक-पटक सहमति गराउने प्रयास गरेपनि हुन सकेको बताए । उनले पछिल्लो पटक गएको साउन महिनामा एसपीकै उपस्थितिमा अबदेखि यातना नदिने भनी लिखित सहमति भएपनि त्यो सहमति कार्यान्वयन प्रयास गर्दा आफूहरूले नसककेको बताए । पारिवारिक विवाद सहमतिबाटै निकास खोजौं भनी सासु ससुरबाट टाढा बसेपछि विवाद अन्त्य हुन सोचेर केटाकेटी दुवैलाई जनकपुर गएर बस्न लगायौं । तर दुईपछि केटा नै त्यहाँबाट फरार भयो ।
घटना पश्चात केटीका बुवाले उजुरी दिए पनि केटा नै फरार भएकाले केही गर्न सकेको सइ सिंहले बताए ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी प्रकाश विष्टले घटना बारे केही जानकारी नै नभएको बताए ।
अनिताका श्रीमानका मामा प्रदेश सांसद जानकीशरण साहलेआफूले मिलाउने प्रयास गरेपनि नमानेपछि के गर्ने भन्ने प्रश्न गरे ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया