कोभिड-१९ विरूद्ध खोप लगाउन अमेरिकाले सेना परिचालन गर्ने

काठमाडौँ : अमेरिकाले कोभिड-१९ विरुद्धको खोप दिने प्रयोजनका लागि सेना परिचालन गर्ने भएको छ । पछिल्लो समयमा अमेरिकामा कोभिड-१९ का कारण ज्यान जाने नागरिकको संख्या दिन प्रतिदिन बढ्दै गएकोले यसको सङ्क्रमणलाई कम गर्न र यसका विरुद्धको खोप लगाउने कार्यलाई गति दिन सेना परिचालन गर्ने भएको हो ।
अमेरिकाको फेडरल इमर्जेन्सी म्यानेजमेन्ट एजेन्सीले गरेको अनुरोधलाई रक्षा मन्त्रालयले स्वीकार गरेको अन्ताराष्ट्रिय सञ्चार माध्यमहरूले जनाएको छ । अमेरिकी रक्षामन्त्री लियोद अस्टिनसँग उक्त फेडरल ब्युरोले सेनाको सहयोगका लागि अनुरोध गरेको र उनले यसलाई स्वीकार गरेको समाचारमा जनाइएको छ ।
सो सहयोग अन्तर्गत अमेरिकी रक्षा मन्त्रालयले सो इमर्जेन्सी विभागका लागि एक हजार एक सय दश सैनिक खटाउने उल्लेख छ । अमेरिकी राष्ट्रपति जो बाइडनले यही फेब्रुअरी १५ सम्ममा देशभर सबै नागरिकलाई आम रुपमा यो खोप दिने बताए अनुरुप नै खोप केन्द्रहरु सार्वजनिक स्थलहरूमा राखिने छ ।
यस प्रयोजनका लागि यहाँको सेनाले सैनिक चिकित्सकहरु र स्वास्थ्यकर्मीहरु लाई खटाउने छन् । ती अधिकारीहरूका अनुसार अमेरिकामा पछिल्लो समयमा कोभिड-१९ का संक्रमितहरूको संख्या बढ्दै गएको र मृत्यु हुनेको संख्या पहिलेका तुलनामा झनै बढ्न थालेकाले यसविरुद्धको खोप लगाउने प्रक्रियालाई थप गति दिनुपर्नेमा जोड दिइएको बताइएको छ । (रासस)

नुनकाे ढिकाेका कारण पाकिस्तानसँग झुक्नु पर्ने हुन्छ भारतले

अष्ट्रेलियामा बिपक्षी नेताले नै हारे चुनाव, २० बर्ष पछि लेवर पार्टी बहुमतमा

अमेरिकाद्वारा युक्रेनलाई तीन अर्ब १० करोड बराबरको सैन्य सहयोग घोषणा

गाजामा इजरायली आक्रमण : तीन शिशुसहित ११ जनाको मृत्यु

दक्षिण कोरियाको कन्जरभेटिभ पार्टीद्वारा राष्ट्रपति पदका लागि उम्मेदवार घोषणा

भारतको गोवामा मन्दिरमा भागदौड मच्चिँदा छ जनाको मृत्यु, ५० जनाभन्दा बढी घाइते

क्यानडाको चुनावमा २२ पञ्जावी विजयी, संघीय संसदमा ६ प्रतिशत प्रतिनिधित्व

प्रतिक्रिया