ट्र्याक्टरको ठक्करबाट वृद्धको मृत्यु

मकवानपुर : मकवानपुरगढीमा शनिबार बिहान ट्र्याक्टरको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरगढी गाउँपालिका-३ का ७० वर्षीया जुनकिरी परियार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
आज बिहान मकवानपुरढीबाट मक्रान्चुलीतर्फ जाँदै गरेको ना ७ त ३८३ नंको ट्र्याक्टरको ठक्करबाट परियार गम्भीर घाइते भएका थिए । उनको हेटौँडा उपमहानगरपालिका-१ स्थित सञ्चो हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए । उनका अनुसार ठक्कर दिने ट्र्याक्टर र चालकलाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिई घटनाका विषयमा आवश्यक अनुसन्धान गरिरहेको छ । (रासस)

भक्तपुरमा अवैध ४५० रोपनी जग्गा प्लटिङ, वन क्षेत्र र सार्वजनिक जग्गा रोक्का

धितोपत्र बोर्डमा अख्तियारको छापा

नीति निर्माणमा संलग्न अधिकारीहरू लिए ८ महिने 'पोलिसी लिडरशिप' तालिम

भारत–पाकिस्तान युद्धपछि नेपालमा सुरक्षा समिति बैठक : सीमा र विमानस्थलमा निगर…

४० लाख नगदसहित बिशालबजारबाट दुई हुन्डी कारोबारी पक्राउ

भ्रष्टाचारबाट आर्जन गरेर विदेशमा लुकाएको सम्पती फिर्ता ल्याउन सरकारले सहयोग गर…

भारत-पाकिस्तान युद्धले नेपालमा पनि गर्छ असर : मसला, स्याम्पुदेखि औषधिसम्म पाकि…

प्रतिक्रिया