बास्केटबलप्रति रुचि भएकाको सपना पुरा गर्दै आईएसए नेपाल

काठमाडाैँ : आईएसए नेपालले बास्केटबल लिग सुरु गरको छ। आज (शनिबार) बिहान जर्सी वितरण कार्यक्रमसँगै लिग सुरु भएको हो। आइएसए नेपालले वर्ष भरि चलिरहने अभ्यासपछि सिकारुहरूले आफ्नो प्रतिभा देखाउन र खेलको अनुभव लिन नेपालमा अन्य ठाउँ नै नभएकाले लिगकाे आयाेजना गरिएकाे हाे ।
अधिकांश नेपाली बास्केटबल एकेडेमी १-२ महिना मात्र चल्ने भएपनि आईएसएले भने वर्षभरि नै चलाइरहन्छ । आफ्नो जीवनको १० वर्ष बास्केटबलमा बिताएका निकेस राईले आईएसए नेपाल नामक एकेडेमी २०१९ मेबाट सञ्चालन गरेका हुन् । त्यहाँ उनले बास्केटबलमा रुचि भएकाहरूलाई प्रशिक्षण दिन थालेका हुन् ।
राईसँग १९ वर्षमुनिका बास्केटबल समूहसँग नेपालबाट अन्तराष्ट्रिय स्तरमा खेलेकाे अनुभव पनि छ । ललितपुरबाट सुरु गरेकाे उनकाे एकेडेमी अहिले बसुन्धरा र गंगबुमा पनि बिस्तार भएकाे छ । जारी लिगमा ६ पुरुष र ४ महिलाकाे टिम सहभागी छन् ।
उनकाे एकेडेमीमा बालबालिकादेखि स्नाकाेत्तर अध्ययनरत विद्यार्थीहरुकाे सहभागीता छ । आईएसएले आगामी दिनमा खेलकुदप्रति लगाब भएकाहरूलाई स्थान दिनका लागि यो अभियान चलाएकाे हो। 'हाम्रो मुलुकमा अहिले नै एनबीए लिगमा खेलाडी नगए पनि, सुरुमा यहाँ अवसर सबैले पाउनु पर्छ। यही अवसर दिनको लागि हामीले यो अभियान सुरु गरेका हौँ,' राईले भने ।
जारी लिगलाई चोकोफल नामक कम्पनीले सहयोग गरिरहेको छ । 'मलाई बास्केटबलप्रति पहिलेदेखि नै रुचि थियो। आफूले ठूलो अबसर नपाए पनि मेरी सानी छोरीलाई बास्केटबल सिकाउँछु भनेर आइएसए नेपालमा आबद्ध गरेको छु,' चोकोफलका सच्चा कार्कीले भने, 'अनि यहाँ निकेस सरले यस्तो लिगकाे आयोजना गर्न लागेकाे थाहा पाएर चोकोफलबाट सहयोग गरेका हौँ ।'

एन्फा साधारणसभामा गणेश थापामाथि रोक लगाएपछि प्ले कार्ड बाेकेर प्रदर्शन (भिडिय…

गणेश थापाका छोरा भन्छन्- अदालतको आदेश देखाउँदा पनि बुवालाई प्रवेश गर्न दिएनन्

भारतसँगको युद्ध तनाव, पाकिस्तानी लिगका बाँकी खेल अब युएईमा हुने

नेपाली महिला क्रिकेटले आज हङकङबिरूद्ध खेल खेल्दै

कात्तिके फुटबल क्लब इन्द्रेणी पोखरीले जित्यो ‘खोटेहाङ फुटबल कप–२०८२’ को उपाधि

पिएसजी युइएफए च्याम्पियन्स लिगको फाइनलमा

साउदी लिगमा अल नासर पराजित

प्रतिक्रिया