शुक्रबार ०२ जेठ, २०८२
Friday, May 16, 2025

बैतडीकी किशोरीको हत्यामा संलग्‍नलाई कारबाही गर्न देउवाको माग

फाइल तस्बिर

काठमाडौँ  : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बैतडीको दोगडाकेदारकी किशोरी भागरथी भट्टको हत्या प्रकरण अनुसन्धान गरेर दोषीमाथि कारबाही गर्न सरकारसँग माग गरेका छन् । देउवाले ट्वीटरमार्फत उक्त  घटनाको सत्यतथ्य छानविन गरेर दोषीमाथि कारबाही गर्न माग गरेका हुन् ।  

 ‘बैतडीको दोगडाकेदार गाउँपालिक–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्याको खबरले निकै मर्माहित भएको छु,’ देउवाले ट्वीटरमा लेखेका छन्, ‘उक्त घटनाका विषयमा तत्काल अनुसन्धान गरेर दोषीलाई कारबाही गर्न सरकारसँग जोडदार माग गर्दछु। भट्टको आत्माको चिरशान्तिको कामना गर्दै परिवारजनमा समवेदना व्यक्त गर्दछु।’