प्रधानमन्त्री ओलीको आँशुमा पनि सूर्य थापाको राजनीति !
काठमाडौँ : शुक्रबार नेकपा ओली समूहले नारायहिटीमा शक्ति प्रदर्शन गर्यो । शक्ति प्रदर्शनमा प्रमुख वक्ता थिए नेकपाका अध्यक्ष तथा कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओली । उखान टुक्का मिलाएर भाषण गर्न माहिर ओलीको मन्त्वयको क्रममा कार्यकर्ता हुटिङ गरे । अन्य बेलामा झैँ ओलीले शुक्रबारको शक्ति प्रदर्शनमा उखान टुक्का प्रयोग गरेनन्, बस् भाषण भने चर्को गरे ।
त्यसोत अरु दिनको तुलनामा मौसम चिसो थियो । पानी बेलाबेलामा छिट्याउथे र रहन्थ्यो । सिरेटोले एकनासै हानिरहेको भने थियो । ओलीको भाषण नै पिच्छे कार्यकर्ताले हुटिङ गरिररहे । बेलाबेलामा ओलीले हुटिङलाई हात हल्लाएर समर्थन जनाउँथे र शान्त हुन आग्रह गर्थे । भाषण गर्दागर्दै प्रधानमन्त्रीले पानी पिए र लगाएको कालो चश्मा खोलेर आँशु पुछे । र उनले भाषणमै भने 'चिसोले आँखामा नि आँशु आयो ।' प्रधानमन्त्री ओलीले यसो भनिरहँदा पनि उनका कार्यकर्ताले हुटिङ गर्न छाडेका थिएनन् ।
तर प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले केही बेरमै ट्वीट गरे प्रधानमन्त्री ओलीको साथमा जनता देखेर भावुक हुँदै आँशु खसाले । 'नारायणहिटी संग्रालय गेट अगाडिको जनसागर । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको साथमा भावुक बन्दै आँशु नै खसाल्नु भयो । जनता साथमा भएपछि कोही दुष्टहरूको पनि केही चल्दैन । चेतना भया !'
ओलीले अब मांसाहारी आन्दोलन हुन सक्दैन भन्दै चुनौती दिएका थिए । ‘साकाहारी आन्दोलनले हुँदैन भनेर के भनेको ? चिकनचिल्ली खान्छु भनेको हो ? नरभक्षी आन्दोलन गर्छु भनेको हो ?’ उनले भनेका थिए, ‘अब त्यस्ता दिन गए । यहाँ कसैले नरभक्षी आन्दोलन चलाउँछु भन्ने कसैले नसोचे हुन्छ ।’
त्यस्तै ओलीले प्रतिनिधि सभा विघटन संविधान संवत् भएको बताएका थिए । ‘अहिले देशव्यापी बहस भइरहेको छ । विघटनको सिफारिस संवैधानिक छ कि छैन ? जनताले बुझेको कुरा हो । विघटन गर्नु संवैधानिक छ कि छैन,’ उनले भनेका थिए, ‘म भन्न चाहन्छु । संसदीय प्रणालीमा काम गर्न नपाउने अवस्था भयो भने प्रधानमन्त्रीले विघटन गर्न सक्छ । प्रधानमन्त्रीले संसद् विघटन गर्छ । ताजा जनादेश लिनुपर्छ । हाम्रै बलमा संसद्मा आएर हामीलाई नै काम गर्न नदिने ?'
‘तीन वर्षसम्म आयोग बनेनन् । दुई चार जना पार्टी छोडेर गएपछि आयोगहरु बने,’ उनले भनेका थिए, ‘चुनाव भएको तीन वर्षपछि बल्ल आयोग बने । ती मान्छे छउन्जेलसम्म आयोग गठन गर्न सकेनौं । बनेको भोलिपल्ट नेपाल बन्द । समस्या उठाउँनै नहुने । आयोग बन्न नदिने कस्तो षड्यन्त्र ।’
‘हिजो द्वन्द थियो । लडाकुहरू जसलाई जनवाद आउने सुन्दर सपना बाडेर लडाइयो । तिनीहरू आज पीडित छन् । उनीहरूले सहादत प्राप्त गर्नु पर्यो । परिवार बेसहारा भयो । द्वन्द कालमा पीडित भएकाको हेरचाह गर्नका लागि सरकारले समिति बनाएको छ । सबैको हेरचाह गर्नछ । घाइतेको स्वास्थ्यको प्रवन्धन सरकारले गर्नेछ । रोजगारको व्यवस्था सरकारले गर्नेछ,’ उनले भनेका थिए ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया