अदालतलाई प्रभावित पार्न नेकपाले सडक प्रदर्शन गर्यो : कमल थापा

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पाटी (राप्रपा) का अध्यक्ष कमल थापाले सत्तारुढ नेकपाले अदालतलाई धम्क्याउन सडक प्रदर्शन गरेको आरोप लगाएका छन् । थापाले ट्वीटरमा लेखेर नेकपा आफैँ विभाजित भएको र अदालतमा विचाधिन मुद्दालाई प्रभावित पार्न सडक प्रदर्शन गरेको बताएका हुन् । पूर्वमन्त्रीसमेत रहेका थापाले चारवटा बुँदा उल्लेख गरेर २०६२÷०६३ पछिको असफलता उल्लेख गरेका छन् ।
‘सत्तारुढ दलले आफ्नै प्रम बिरुद्ध अविश्वास प्रस्ताव, प्रमद्वारा संसद विघटन, मुद्दा विचाराधिन रहेकै अवस्थामा अदालतलाई धम्क्याउन सडक प्रदर्शन,’ उनले लेखेका छन्, ‘व्यवस्थापिका प्रमुखद्वारा कार्यपालिका र न्यायपालिका प्रमुख विरुद्ध अदालतमा मुद्दा । यी घटनाक्रमले ६२÷६३पछिको मार्गचित्र असफल प्रमाणित गरेको छ ।’
-सत्तारुढ दलले आफ्नै प्रम बिरुद्ध अविश्वास प्रस्ताव
— Kamal Thapa (@KTnepal) February 6, 2021
-प्रमद्वारा संसद विघटन
-मुद्दा विचाराधिन रहेकै अवस्थामा अदालतलाई धम्क्याउन सडक प्रदर्शन
-व्यवस्थापिका प्रमुखद्वारा कार्यपालिका र न्यायपालिका प्रमुख विरुद्ध अदालतमा मुद्दा
यी घटनाक्रमले ६२/६३पछीको मार्गचित्र असफल प्रमाणित गरेको छ

बजेट व्यावहारिक र कार्यान्वयनमुखी हुनुपर्छ: सांसदहरु

केही दिनभित्रै गभर्नरको नियुक्ति हुन्छ : सञ्चारमन्त्री गुरुङ

माओवादी केन्द्रप्रति जनताको आकर्षण बढेको छ : अध्यक्ष दाहाल

चौधरीलाई मन्त्री बनाउन संसदीय दलको सिफारिस

मानसिक स्वास्थ्य समस्या गम्भीर चुनौतीका रूपमा देखियो: मन्त्री पौडेल

‘सगरमाथा संवाद’मा सोलुखुम्बुको थामेको आवाज सम्बोधन हुने : प्रधानमन्त्री ओली

दमक भ्युटावर शुल्क लिई सञ्चालन गर्न स्वीकृति

प्रतिक्रिया