नेपालमा एक लाख ७१ हजारले लगाए कोभिड-१९ विरुद्धको खोप

काठमाडौँ : कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप ‘कोभिशिल्ड’ अहिलेसम्म एक लाख ७१ हजार ४८६ जनाले लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले २०१ खोपकेन्द्रबाट अहिलेसम्म एक लाख ७४ हजार ४८६ जनाले लगाएको जानकारी दिए ।
उनका अनुसार प्रदेश १ मा २३ हजार ८२ जना, प्रदेश २ मा २२ हजार ७५६ जना, वाग्मती प्रदेशमा ५९ हजार ९४२ जना, गण्डकी प्रदेशमा १७ हजार ३१५ जना, लुम्बिनी प्रदेशमा २६ हजार ८९८ जना, कर्णाली प्रदेशमा आठ हजार ६८४ जना र सुदूरपश्चिम प्रदेशमा १२ हजार ८०९ जनालाई खोप दिइएको छ ।
माघ १४ गतेबाट पहिलो चरणमा प्राथमिकता परेका व्यक्तिलाई लगाउँदै आएको खोप शनिबार समापन गरिँदैछ । प्रवक्ता डा गौतमले खोपको दोस्रो चरणबारे चाँडै जानकारी गराइने बताए ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया