नेपालकी अभिलाषा र जर्मनीकी सोन्जा पहिलो

काठमाडाैँ : विश्व टेनिस टुर-जे ५ को पहिलो सर्किटअन्तर्गत महिला डबल्सतर्फ नेपालकी अभिलाषा विष्ट र जर्मनीकी सोन्जा जियेन्बायेभाको जोडी पहिलो भएको छ । ललितपुरको सातदोबाटोस्थित टेनिस कोर्टमा शुक्रबार भएको खेलमा विष्ट र सोन्जाको जोडीले बेल्जियमकी काट कोपेज र मार्ते लाम्ब्रेचको जोडीलाई ६-० र ७-५ अङ्कले पराजित गरेको हो ।
नेपाल टेनिस सङ्घले आयोजना गरेको उक्त प्रतियोगिताको पुरुष डबल्सतर्फ भने फाइनलमा नेपाली खेलाडीले पराजय भाेग्नुपर्याे । भारतीय जोडी आर्यन लक्ष्मण र आर्यन शाहको जोडीले नेपालका आरभसम्राट हाडा र अकी जुवेन रावतको जोडीलाई २-६, ६-२ र १०-६ अङ्कले पराजित गरे । यस्तै पुरुष एकलतर्फको खेलमा भारतकै अमन दहिया र स्पेनका टोमस क्युसेडा पेरेज फाइनलमा प्रवेश गरेका छन् ।
दहियाले फ्रान्सका भेलेन्टिन फाउरेलाई ६-१ र ६-१ अङ्कले तथा पेरेजले भारतका अग्रिया यादवलाई ६-४ र ६-२ अङ्कले हराउँदै फाइनलमा स्थान बनाएका हुन् । महिला एकलतर्फ बेल्जियमका मार्ते लाम्ब्रेज र रोमाने लन्ग्युभिल्ले पनि फाइनलमा प्रवेश गरेकाे आयोजक सङ्घले जनाएको छ । मार्तेले अमेरिकाकी साइना देशपाण्डेलाई २-६, ६-१ र ६-३ अङ्कले तथा रोमानेले अमेरिकाकै रुतुजा छप्हल्करलाई ७-५ र ६-४ अङ्कले पराजित गरे । फाइनल खेल शनिबार हुनेछ ।

एन्फा साधारणसभामा गणेश थापामाथि रोक लगाएपछि प्ले कार्ड बाेकेर प्रदर्शन (भिडिय…

गणेश थापाका छोरा भन्छन्- अदालतको आदेश देखाउँदा पनि बुवालाई प्रवेश गर्न दिएनन्

भारतसँगको युद्ध तनाव, पाकिस्तानी लिगका बाँकी खेल अब युएईमा हुने

नेपाली महिला क्रिकेटले आज हङकङबिरूद्ध खेल खेल्दै

कात्तिके फुटबल क्लब इन्द्रेणी पोखरीले जित्यो ‘खोटेहाङ फुटबल कप–२०८२’ को उपाधि

पिएसजी युइएफए च्याम्पियन्स लिगको फाइनलमा

साउदी लिगमा अल नासर पराजित

प्रतिक्रिया