जनप्रतिननिधिले नै एम्बुलेन्स बिक्री गरेपछि . . .
काठमाडौँ : अशक्त एवं असहाय बिरामीलाई सहज रुपमा अस्पताल र स्वास्थ्य संस्थासम्म पुर्याउन, जीवन बचाउन खरिद गरिएको एम्बुलेन्ससमेत बिक्री गरेको भन्दै मोरङको बेलबारी नगरपालिकाका नागरिकले गुनासो गरेका छन् । लायन्स क्लब अफ बेलबारीले सामाजिक हितका लागि खरिद गरिएको एम्बुलेन्स जनप्रतिनिधिलगायतको मिलोमतोमा बिक्री गरिएकामा संस्थाकोसमेत बेइज्जती भएको क्लबका अध्यक्ष खेमप्रसाद गौतमले पत्रकार सम्मेलन गरी बताएका छन् ।
लायन्स क्लब बेलबारीले सन् २०११ मा सांसद विकास कोषको रु तीन लाख र क्लबका अन्य सदस्यबाट रकम सङ्कलन गरी राजश्व छुटमा रु ११ लाखमा खरिद गरिएको को १ च ५७९४ नम्बरको टाटा सुमो सेतो रङको एम्बुलेन्स विसं २०७० मा नगरपालिकाका हालका प्रवक्ता तथा वडा नं-३ का अध्यक्ष योगेन्द्र सुवेदीको संयोजकत्वमा बिक्री समिति बनाएर बिक्री गरिएको थियो । एम्बुलेन्स बिक्री भएपछि हरेक वर्ष क्लबका अध्यक्ष परिवर्तन भए पनि यसको खोजी नभएको र सन् २०२० मा आफू नेतृत्वमा आएपछि खोजी गरिएको गौतमले बताए ।
पटक/पटक पुरानो समितिलाई यसबारे जानकारी माग्दा बेवस्ता गरेर कुनै जवाफ नपाइएको उनको भनाइ छ । गरीब तथा असहायको सामाजिक कार्यका लागि खरिद गरिएको उक्त एम्बुलेन्स अविलम्ब क्लबलाई फर्काउने व्यवस्थाका लागि सबैसँग अध्यक्ष गौतमले आग्रह गरे । रासस

महिनावारी हुँदा गोठमा सुत्न जाँदा ...

जलवायु परिवर्तनसम्बन्धी अन्तर्क्रिया गुफाडाँडामा

झोलुङ्गे पुल निर्माण गरेपछि यात्राअवधि छोटियो

बाँझो जमिनमा तरकारी उत्पादन गर्दै धर्मराज

खडेरीले सुक्न थाल्यो बेतना सिमसार

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

जग्गा किर्तेमा संलग्न समाजवादीबाट निर्वाचित वडाध्यक्ष पक्राउ

प्रतिक्रिया